लौका, बोडी र टमाटरको माला, काउलीको शीरफुल (फोटो फिचर )
प्रकाशित मिति : २२ असार २०७६, आइतबार
भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परिक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै त्यसको विरोधमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले काठमाडाैंमा प्रदर्शन गरेकाे छ । विद्यार्थीहरूले प्रदर्शनी मार्ग हुँदै पुतलीसडक क्षाेत्रमा प्रदर्शन गरेका हुन् । भारतको दबाबमा सरकार निरीह बनेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । नेविसंघका महामन्त्री कुन्दन काफ्लेको नेतृत्वमा नेविसंघ केन्द्रीय सदस्य नवराज त्रिपाठीलगायतका विद्यार्थी नेताले तरकारी बोकेर सरकारीका निर्णयको विरोध गर्दै प्रदर्शन गरेका हुन् ।
खसोखासका लागि दीपेन्द्र ढुंगानाले खिचेका तस्वीर ।












