नेपालमा जगन्नाथको २६ औं रथयात्रा (फोटो फिचर)


प्रकाशित मिति : २० असार २०७६, शुक्रबार

हरेक वर्षको असार शुक्ल द्वितीयाको दिन भारत लगायत विश्वका धेरै ठाउँमा जगन्नाथको रथयात्रा गर्ने प्रचलन छ। नेपालमा हरेक वर्ष यसको आयोजना हुँदै आएको छ। यस वर्ष आयोजित रथयात्रा नेपालको २६ औं हो।

इन्टरनेसनल सोसाइटी फर क्रृष्ण कन्सिअसनेसले यो रथयात्रा आयोजना गरेको हो। कमल पोखरीबाट सुरु भएको रथयात्रा पुतली सडक, भद्रकाली, शहीद गेट, न्युरोड, जमल, दरबारमार्ग हुँदै कमल पोखरीमा रहेको अग्रवाल भवनमा पुगेर टुंगिएको थियो।

रथयात्रासँगै भजनकीर्तन, सांस्कृतिक झाँकी तथा नृत्य आयोजना गरिएको थियो। रथयात्रासँगै भगवान जगन्नाथलाई १ सय ८ परिकार चढाइएको थियो।

भारतको जगन्नाथ पुरीमा आज विशेष समारोहसहित यस्तै रथयात्रा हुने गर्छ। चार प्रमुख धाममध्ये उत्तरमा बद्रीनाथ, दक्षिणमा द्वारकानाथ, दक्षिणमा रामेश्वरम र पूर्वमा जगन्नाथ पुरी पर्छन्। यी चार धामलाई सत्य, द्वारपर, त्रेता र कली युगका रुपमा समेत हिन्दु धर्मावलम्बीहरुले मान्ने गरेका छन्।

रथयात्रामा पुगेर खसोखासका लागि दीपेन्द्र ढुंगानाले खिचेका केही तस्वीर ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com