न्युयोर्कबाट हैटी पुगेर रगतदान


प्रकाशित मिति : माघ २७, २०७३ बिहीबार

विश्वव्यापी रूपमा रक्तदान उत्प्रेरणा गराउँदै आएका अर्जुनप्रसाद मैनालीले न्युयोर्कबाट हैटीमा पुगेर १५८ औं रक्तदान गरेका छन् । रक्तदानका लागि मैनाली हैटी गएका थिए ।

उत्तर र दक्षिण अमेरिकाबीच रहेको हैटी नेपालभन्दा सानो र जम्मा १ करोड ६ लाख जनसंख्या भएको गरीब देश हो । हैटीमा वार्षिक १ प्रतिशतभन्दा कमले रगत दिँदा सधैं अभाव भएको छ । त्यहाँ १ लाखमा ३५९ मातृ मृत्‍यु दर रहेको छ । १ लाख २० हजार एड्स पीडित छन् । हरेक वर्ष एड्सबाट ७ हजार जनाले जीवन गुमाउँछन् ।

यस्तै जानकारी पाएपछी मैनालीले त्यहाँ गएर एक पोका रगतले एक जनालाई मात्रा भए पनि बचाउन कोशीस गरेका हुन् । रगतदानपश्चात मैनालीले हैटीका माद्यमिक स्तरका विद्यार्थीहरूमा रगतदान गर्न जनचेतना जगाउन हैटी रेडक्रसलाई ५ सय डलर सहयोग गरे ।

विश्व भरिमा गत वर्ष ११ करोड २५ लाख व्यक्तिले रगतदान गरेका थिए । धनी देशमा १ हजार जनामा ३३.१ र गरीब देशमा ४.६ ले मात्रा रगत दिन्छन् । त्यसैले गरीब देशमा सधैं बिरामीलाई रगतको अभाव भई नै रहन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जनवरी १२, २०१० मा हैटीमा ७.३ म्याग्निच्युडको भुकम्पले २ लाख २० हजार मानिस मरेका थिए । ३ लाख घाइते र १५ लाख घरबारविहिन भएका थिए । त्यस्तै अक्टोबर २०१६ मा म्याथ्यू नामक हुन्डरीबाट १ हजार जनाको मृत्‍यु र २ लाख घरमा क्षति पुगेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com