अन्न जोगाउन प्रकृतिको पूजा : टुडिखेलमा २२ तालको मगर नाच (फोटो फिचर)


प्रकाशित मिति : १ असार २०७६, आइतबार

मगर समुदायले आइतबार उनीहरुको विशेष पर्व भूमे मनाएका छन्। राजधानीको टुँडिखेलमा आयोजित विशेष कार्यक्रमकबीच भूमे पर्व मनाएका हुन्। यो पर्वको अवसरमा मगर समुदायले प्रकृतिको विशेष पूजा गर्ने गर्छन्। एक महिनासम्म मनाइने यो पर्वको आइतबार विशेष दिन हो।

असार १ गते सुरु हुने भूमे महोत्सव  एक महिनासम्म मनाउने चलन थियो, तर अहिले बिस्तारै मनाउने दिन घट्दै गएको छ। आजभोलि यो चाड तीनदेखि सात दिनसम्म मनाइन्छ। पूर्खादेखि मनाइँदै आएको यो पर्वलाई मगर समुदायले सहायक पर्व मान्छ।

अन्न जोगाउन प्रकृतिको पूजा : खेतीपाती सकेपछि यो पूजा प्रारम्भ हुन्छ । खेतीपाती गर्दा केही कीरा-फट्यांग्रा पनि मरेका हुन सक्छन्। त्यसबाट भएको क्षतिका लागि क्षमा माग्दै खेतीपाती राम्रो होस् भन्ने कामना हुन्छ। बालीनालीमा कीरा नलागोस्, बाढी-पहिरोले नोक्सान नगरोस् भनेर भूमि, वन-जंगल, सूर्य, चन्द्रको पूजा गर्ने चलन छ।

नाचका क्रममा २२ ताल मिलाउनुपर्ने नियम हुन्छ, जसमा हात, खुट्टा र कम्मरले ताल मिलाउनुपर्छ।

खसोखासका लागि दीपेन्द्र ढुंगानाले खिचेका तस्वीर ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com