गरीबी निवारण सबै क्षेत्रसँग सम्बन्धित विषय हो :मन्त्रीअर्याल


प्रकाशित मिति : जेष्ठ २९, २०७६ बुधबार

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले समृद्ध नेपाल बनाउन सबैखाले गरीबीको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घले यहाँ आज आयोजना गरेको ‘दक्षिण एशिया लैङ्गिक संवेदनशील मूल्य शृङ्खला’सम्बन्धी दक्षिण एशियाली क्षेत्रीय परामर्श कार्यशालामा उहाँले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ मूल लक्ष्य लिएर सरकार अगाडि बढिरहेकाले सबै प्रकारका गरीबीबाट मुक्त नेपाल बनाउने अभियानमा रहेको बताउनुभयो ।

“गरीबी निवारण सबै क्षेत्रसँग सम्बन्धित विषय भएकाले सरकार, सहकारी र निजी तथा विकास साझेदारसँग समन्वय र एकीकृत प्रयासबाट गरीबी निवारणका चुनौती पार गर्न सकिनेमा विश्वस्त छौँ”, उहाँले भन्नुभयो ।

ग्रामीण क्षेत्रका महिला अहिले पनि राज्यका सेवा सुविधाबाट बञ्चित रहेको भन्दै उहाँले महिलाका सशक्तीकरण र लैङ्गिक समानता नै खाद्य कृषि सङ्गठनको समग्र लक्ष्य गरीबी न्यूनीकरण तथा खाद्य सुरक्षाको मर्म हुने बताउनुभयो । मन्त्री अर्यालले समाजमा व्याप्त गरीबी र भोकमरी अन्त्य गर्न कृषि, सहकारी र साना किसान सहकारी रहेको धारणा राख्नुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com