मानिस जस्तै मर्निङ वाकमा निस्कन्छ,यो घोडा 


प्रकाशित मिति : जेष्ठ २८, २०७६ मंगलबार

स्वस्थ र स्फुर्त रहन मानिसहरु बिहान मर्निङ्ग वाकमा निस्किने गर्छन् । तर जनावर पनि मर्निङ्ग वाकमा निस्किछन् भन्दा अचम्म लाग्न सक्दछ । जर्मनका एक घोडा १४ वर्षदेखि हरेक बिहान मर्निङ्ग वाकमा जाने गरेका छन् ।

जर्मनीको फ्रान्कफर्टमा विगत १४ वर्षदेखि एउटा घोडा यसरी एक्लै घुमिरहेको छ । यो घोडा हरेक दिन बिहान सडकमा टहलिनका लागि निस्किन्छ । जेनी नामको यो अरबी जातको घोडाको घाँटीमा रातो कार्ड झुञ्ड्याएको छ । त्यसमा लेखिएको छ, मेरो नाम जेनी हो । म भागेकी होइन । केवल टहल्नका लागि निस्केकी हुँ, धन्यवाद ।

यो घोडा शहरको सेलिब्रेटी जस्तै बनेको छ । जेनीका मालिक ७७ वर्षिय वर्नर विशेडेलले आफ्नो घोडालाई १४ वर्षदेखि हरेक बिहान एक्लै घुम्न छाडिदिने गरेका छन् । जेनीले दिउँसोको खाना खाने बेलाअघि सम्म आसपासको बाटोमा कम्तीमा पनि ८ चक्कर लगाउँने उनको दिनचर्या नै भएको छ ।

त्यसपछि ऊ दिउँसो ठीक खाना खाने समयमा घरमा पुग्ने गरेको छ । यसको समयतालिका हेर्दा मानिसहरु पनि छक्क पर्ने गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com