प्रहरीविरुद्ध १९९ उजुरी


प्रकाशित मिति : जेष्ठ २८, २०७६ मंगलबार

प्रहरीमा क–कसका विरुद्ध उजुरी पर्लान्रु सामान्यतया सबैको अनुमान हुन्छ चोर, फटाहा, डाँका, तस्कर तथा आपराधिक क्रियाकलापमा संलग्नविरुद्ध। नेपाल प्रहरीको एक तथ्यांक हेर्ने हो भने प्रहरीविरुद्धसमेत पनि उजुरी पर्ने गरेको पाइएको छ।

प्रहरीको एक तथ्यांकले चालू आर्थिक वर्ष २०७५्७६ मा प्रहरीविरुद्ध नै १९९ वटा उजुरी दर्ता भएको देखाएको छ । नेपाल प्रहरीको उजुरी छानबिन शाखामा परेका निवेदनमध्ये चालू आर्थिक वर्षको हालसम्म प्रहरीसँग सम्बन्धित ९प्रहरी विरुद्ध० मात्र १९९ वटा उजुरी दर्ता भएका हुन् । तीमध्ये ९२ वटा उजुरी फर्छ्योट भइसकेका छन् भने १०७ वटा उजुरीउपर छानबिन चलिरहेको छ।

उजुरी छानबिन शाखाका डीएसपी कुलदीप चन्दले सेवाप्रवाहमा भएको ढिलासुस्ती, लेनदेनसहितका आचरण, पक्षविपक्षमा देखाएको निकटता, सीमावर्ती क्षेत्रमा प्रहरीबाट भएका बदमासी, क्रसर उद्योगमा देखिएका विवादलगायतका विषयमा प्रहरीकै विरुद्ध उजुरी आउने गरेको जनाए। ‘प्रहरीबाट काम कारबाहीमा भएका ढिलासुस्तीदेखि प्रहरीका आचारण, सीमामा देखिएका बदमासी, लेनदेनका विषयलगायतमा उजुरी आउने गरेको छ,’ शाखाका डीएसपी चन्दले राजधानीसँग भने ।

यसरी उजुरी आउँदा विभिन्न स्रोत अख्तियार, हेलो सरकार, गृहमन्त्रालय, ई-कम्प्लेन, हुलाक, बेनामेपत्रमार्फत आउने गरेको चन्दले जानकारी दिए। यो समाचार आजको राजधानी दैनिकमा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com