इँटाले हिर्काएर श्रीमतीको हत्या
प्रकाशित मिति : जेष्ठ २६, २०७६ आईतबार
कपिलवस्तुमा एक व्यक्तिले श्रीमतीलाई इँटाले हिर्काएर हत्या गरेका छन् । आइतबार अपराह्न ४ बजेतिर वाणगङ्गा १ बुङ्चीकी ३९ वर्षीया गीता चौधरीको ४९ वर्षीय श्रीमान् अगमानले हत्या गरेका हुन् ।’
जिल्ला प्रहरी कार्यालयका अनुसार इँटा लागेर घाइते भएकी उनलाई उपचारको लागि अस्पताल लगिएको थियो ।तर उनको उपचार नहुँदै मृत्यु भयो ।
अत्यधिक मादक पदार्थ सेवन गरेर घरमा आएका श्रीमानले उनीमाथि इँटा प्रहार गरेको प्रहरीले जनाएको छ । अगमानलाई प्रहरीले हिरासतमा राखेको छ । दम्पती दैनिक काम गरेर खाने मजदूर रहेको बताइएको छ ।