नारायणगढ–मुग्लिन सडक खण्डको सडक विस्तार सकिएको एक वर्ष पुगिसक्यो । सडक विस्तार गरेर ११ मिटर चौडा बनाइएको छ । तर, बीचमा पर्ने पुल सोही अनुसार फराकिलो बनाउने काम अझै हुन सकेको छैन ।
साँघुरा पुल क्षेत्रमा दुर्घटना बढी हुन थालेपछि सडक विस्तारको काम गरेको नारायणगढ–मुग्लिन सडक आयोजनाले पुलनजिक ‘रुम्बल स्ट्रिप’ बनाएको छ । विस्तारको काम सकिने बेला सो खण्डमा पर्ने सबै पुल आउँदो दुई वर्षभित्र नयाँ बनाउने भनिएको थियो ।
तर, चारवटा बाहेक बाँकी पुल निर्माणको प्रक्रिया नै सुरु भएको छैन । टेन्डर गर्ने काम पनि भएको छैन । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार उक्त खण्डमा पर्ने चारवटा पुलको मात्र निर्माण सम्झौता भएर काम अघि बढेको छ । यो समाचार आजको नागरिक दैनिकमा सविता श्रेष्ठले लेखेकी छिन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।