राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु


प्रकाशित मिति : जेष्ठ २६, २०७६ आईतबार

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चालू आर्थिक वर्ष २०७५/७६ देखि म्याग्दीलगायत ३० जिल्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु गरेको छ । ग्रामीण क्षेत्रका महिलाको आयआर्जन सुधार गरी आर्थिक सशक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम शुरु गरिएको हो ।

कृषि, पर्यटन, पशुपालन र सीपमूलक उद्यम व्यवसाय सञ्चालनमा सघाउन महिलाले सञ्चालन गरेका सहकारी, समूह र संस्थालाई अनुदान उपलब्ध गराइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष ४७ समूह र संस्थालाई कार्यक्रम सञ्चालनका लागि रु छ लाख ५० हजारका दरले रु ३० करोड ५५ लाख अनुदान उपलब्ध गराइएको छ ।

“आगामी आर्थिक वर्षमा ५५ जिल्लामा कार्यक्रम विस्तारको तयारीमा छौँ”, मन्त्री थापाले भन्नुभयो, “कृषि, पर्यटन र स्थानीय स्रोतसाधन तथा सीपमा आधारित व्यवसाय गर्न महिलालाई सघाउन कार्यक्रम ल्याएका हाँै ।” कार्यक्रमबाट म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ साझापानीको सिर्जनशील आमा समूह, बेनीको नारी जागृति र बाबियाचौरको जनआदर्श महिला सहकारी संस्थाले अनुदान पाएका छन् । सिर्जनशील आमा समूहमा आवद्ध ३० महिलाले सामूहिक तरकारी खेती शुरु गरेका अध्यक्ष सन्तु भण्डारीले बताउनुभयो ।

मन्त्रालयले उपलब्ध गराएको अनुदान र समूहको कोष परिचालन गरेर मौसमी र बेमौसमी तरकारी खेती शुरु गरिएको उहाँले बताउनुभयो । पाँच व्यक्तिगत र चार सामूहिक टनेल निर्माण गरेर खेती शुरु गरिएको छ । घरायसी उपभोग, गाउँमा आवश्यक पर्ने तरकारी आपूर्तिका साथै आम्दानीको अवसर सिर्जना गर्न खेती गरिएको हो । गाउँमै तरकारी उत्पादन गरेमा बजारबाट आयात गर्नुपर्ने अवस्था हट्ने अपेक्षा गरिएको वडाध्यक्ष रिम कटुवालले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com