गैरकानुनी कृयाकलाप गर्नेलाई सामान्यतया जनता भन्दैनौं : गृहमन्त्री


प्रकाशित मिति : जेष्ठ १३, २०७६ सोमबार

गृहमन्त्री रामबहादुर थापाले आइतबार विस्फोटमा मृत्यु भएकाहरु सामान्य नागरिक नभएको दोहोर्‍याएका छन् । प्रतिनिधिसभाको सोमबार भएको बैठकमा सांसदहरुले गरेको प्रश्नको जवाफ दिँदै थापाले भने, ‘विस्फोटमा मारिने सामान्य नागरिक होइनन् भन्ने नै भनाई हो । ती जनता होइनन् । ती घटना घटाउनेहरु हुन् भन्न खोजिएको हो ।’

उनले राजधानीमा भएका दुई ठाउँमा बम बनाउने क्रममा प्राविधिक त्रुटीले विस्फोट हुँदा चार जनाको ज्यान गएको अनुसन्धानबाट देखिएको बताए । मारिनेहरु गैह कानुनी र अपराधीक क्रियाकलापसँग सम्बन्धित भएको उनले स्पष्ट पारे । ‘त्यसकारणले तीनहरुलाई हामीले सामान्यतयाः जनता भन्दैनौ,’ उनले भने, ‘उनीहरु घटनासंग सम्बन्धीत् व्यक्ति नै हुन् । ती सामान्य नागरिक होइनन् । त्यही रुपमा बुझ्न म अनुरोध गर्छु ।’

उनले सरकार र विप्लव समुहबीच साँठगाँठ त छैन भन्ने सांसदहरुको प्रश्न नाजायज भएको बताए । उनले प्रश्नलाई उल्टाएर हेर्दा ती प्रश्नहरुको सम्बन्ध प्रश्नकर्ता तर्फ त छैन भन्दै प्रतिप्रश्न गरे ।

उनले समस्याको समाधान शान्तिपूर्ण गर्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको उल्लेख गर्दै कानुन मिच्ने, जनतालाई आतंकित पार्नेजस्ता आपराधिक घटनालाई सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पार्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले मुलुकमा शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको दाबी गरे । सरकार गठन गर्नु अघि र त्यसपछिको अवस्थाको तुलना गर्दा सरकार शान्ति सुरक्षा कायम गर्न सफल भएको उनको भनाई थियो ।

गृहमन्त्रीको जवाफमा कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले आपत्ति जनाए । उनले आइतबारको घटनामा मृत्यु हुने जनता होइनन् भन्ने गैह् जिम्मेवारी शब्द प्रयोग प्रति आपत्ति जनाउँदै सांठगाँठ र नाजायक शब्द रेकर्डबाट हटाउन माग गरे । लगत्तै सभामुख कृष्णबहादुर महराले सो बारे सदन र गृहमन्त्रीको ध्यानाकर्षण भएको जानकारी गराएपछि बैठकको कारवाही अघि बढेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com