अष्ट्रेलियाको मेलबर्नमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ ।
३२ वर्षकी ती महिला हाइटन गिलङको रहेको प्रहरीले विहीवार पुष्टि गरेको हो । बुधवार चाइना टाउनमा मृत अवस्थामा उनको शव फेला परेको थियो । प्रहरीले महिलाको मृत्युको कारण पत्ता लगाउन रातभर अनुसन्धान गरेको छ । तर यसबारेमा विस्तृत विवरण भने प्रहरीले सार्वजनिक गरिसकेको छैन ।
प्रहरीले ३२ वर्षीय फिलिप आइल्याण्ड नामक व्यक्तिमाथि हत्यामा संलग्न भएको अभियोग लगाएको छ । बुधवार नै प्रहरी हिरासतमा लिइएका उनलाई विहीवार अदालतमा पेश गरिदैछ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।