ट्रम्पबिरोधीलाई रोकियो अमेरिका छिर्न


प्रकाशित मिति : माघ ११, २०७३ मंगलबार

अमेरिकी राष्ट्रपति ट्रम्पको समर्थन नगरेकाहरुलाई अमेरिका छिर्न नदिएर फिर्ता पठाइएको छ । कानुनी रुपमा अमेरिका छिर्ने क्रममा पोर्ट अफ इन्ट्रीका अधिकारीहरुले ट्रम्पविरोधी रहेको वा समर्थक रहेको भन्ने प्रश्न गर्दै ट्रम्पविरोधीहरुलाई अमेरिका छिर्न नदिएर फिर्ता पठाइदिएको सीबीसी समाचारले जनाएको छ ।

राजनीतिक आस्थाका आधारमा अमेरिका छिर्नबाट रोकिएकोमा अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । क्यानडाको मोन्टरियलमा अध्ययन।त विद्यार्थी जोसेफ डेकुन्हालाई अधिकारीहरुले ट्रम्पको विरोधी वा समर्थक के हो भन्दै प्रश्न गरेका थिए । दुईजना अमेरिकनको साथमा आउँदै गरेका उनी ट्रम्पबिरोधी रहेको थाहा पाएपछि अमेरिकी अधिकारीहरुले औंठाछाप र तस्विर लिएर उनलाई अमेरिका छिर्न नदिई फिर्ता पठाएका थिए ।

उनले यसअघि आफूलाई कहिलेपनि अमेरिकाछिर्नबाट नरोकिएको र आफूसँग कुनै आपराधिक रेकर्ड पनि नरहेको स्पष्ट पारेका छन् ।

मोन्टरियलकै सासा डायकलाई पनि अधिकारीहरुले ट्रम्पविरोधी रहेको थाहा पाएपछि अमेरिका छिर्नबाट रोकेका छन् । उनलाई अधिकारीहरुले गिरफ्तार गर्ने चेतावनी समेत दिएको गार्डियनलाई बताएकी छिन् । बेलायती नागरिक जो क्रोसेलाई पनि अधिकारीहरुले अमेरिका छिर्नबाट रोकेका छन् । २३ बर्षका जोलाई औंठाछाप र तस्विर लिएपछि अमेरिका छिर्नबाट रोकिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्यागमनका अधिकारीहरुले उनको फोन र मेसेजहरु चेक गरेर ट्रम्पविरोधी रहेको थाहा पाएपछि अमेरिका प्रवेश गर्नबाट रोकेका थिए । अधिकारीहरुले गाडी समेत चेक गर्दै चालक मुस्लिम रहे नरहेको र अरबिक बोल्ने नबोल्ने समेत चेक गरेको जोले जनाएका छन् । क्यानडा, फ्रान्स र बेलायतका नागरिकलाई अमेरिका प्रवेश गर्न भिसा लिनु नपर्ने नियम रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com