नेता हेमन्तप्रकाश ओली पक्राउ


प्रकाशित मिति : चैत्र ८, २०७५ शुक्रबार

‘विप्लव’ नेतृत्वको नेकपाका  नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन पक्राउ परेका छन् ।  शुक्रबार राति प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले काभ्रेबाट पक्राउ गरेकाे अपराध महाशाखाले जनाएको छ ।

ओली विप्लव नेतृत्वको पार्टीकाे मध्य केन्द्रीय कमाण्ड इन्चार्ज  हुन् । ललितपुरमा एनसेल गेटमा बम विष्फोटमा एकजनाको ज्यान गएपछि प्रहरीले ओलीलाई ‘हिट लिस्ट’मा राखेको थियाे । उक्त बम विष्फाेट नेता ओलीको निर्देशनमा भएको प्रहरीले निष्कर्ष निकालेको थियाे ।

सुरक्षा निकायले देशभर विप्लव समूहविरुद्ध कडा निगरानी सुरु गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com