‘विप्लव’ नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन पक्राउ परेका छन् । शुक्रबार राति प्रहरीको विशेष ब्यूरो, महाशाखाको टोली र काभ्रे प्रहरीले काभ्रेबाट पक्राउ गरेकाे अपराध महाशाखाले जनाएको छ ।
ओली विप्लव नेतृत्वको पार्टीकाे मध्य केन्द्रीय कमाण्ड इन्चार्ज हुन् । ललितपुरमा एनसेल गेटमा बम विष्फोटमा एकजनाको ज्यान गएपछि प्रहरीले ओलीलाई ‘हिट लिस्ट’मा राखेको थियाे । उक्त बम विष्फाेट नेता ओलीको निर्देशनमा भएको प्रहरीले निष्कर्ष निकालेको थियाे ।
सुरक्षा निकायले देशभर विप्लव समूहविरुद्ध कडा निगरानी सुरु गरेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।