तलब बढेको खबर सुनेपछि सांसदहरु हाजिर गरेर कहाँ गए ?


प्रकाशित मिति : पुस २५, २०७३ सोमबार

व्यवस्थापिका संसदमा कोरम नपुगेपछि संसदको बैठक आधा घण्टा स्थगित भयो। बैठकमा स्थानीय तह निर्वाचन सम्बन्धि विधेयक अघि बढाउने कार्यसूची थियो। विधेयकमा संशोधनका लागि पठाउने प्रस्ताव पारित हुनु अघि कोरम नपुगेपछि सभामुख  ओनसरी घर्तीले बैठक आधा घण्टाकालागि स्थगित गरेकी थिइन्।

नेमकिपाका सांसद डिल्लीराज काफ्लेले कोरम गणना माग गरेका थिए।  काफ्लेको आग्रहपछि सांसदको गणना गर्दा ११६ सांसदमात्र बैठक स्थलमा उपस्थित थिए। व्यवस्थापिका संसद नियमावली अनुसार संसद सुचारु गर्न १४९ सांसद संख्या आवश्यक पर्छ।

स्थानीय तह निर्वाचन विधेयक सम्वन्धि छलफल कार्यसूचिको छैटौं क्रममा राखिएको थियो। दिउँसो एक बजे सुरु भएको बैठकमा ४०४ सांसदको हाजिर भएपनि साँढे चारसम्म अधिकांश सांसद बाहिरिएका थिए।  आधा घण्टा बैठक स्थगित भएपछि प्रमुख दलका प्रमुख सचेतकहरुले आफ्ना सांसदलाई फोन गरेर बोलाएका थिए।

फोन गरेर सांसद बोलाए पछि बसेको संसद बैठकमा भने कोरम पुगेको छ।  मंगलबार सभामुख राजधानी बाहिर जाने भएका कारण सो विधेयक आजै संशोधनकालागि पठाउने तयारी गरिएको थियो। स्थगन पछि बसेको बैठकले विधेयक संशोधनका लागि पठाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सभामुखले आजै राष्ट्रपति कार्यालयबाट प्राप्त सांसदहरुको तलव सुविधा बृद्धि सम्बन्धि विधेयक प्रमाणिकरण भएको पत्र पढेर संसद बैठकमा सुनाएकी थिइन्। तलव बढेको पत्र प्राप्त भएपछि सांसदहरु बैठकबाट बाहिरिएको भन्दै बैठक स्थगितपछि सांसहरुले नै  हाँसो ठट्टा गरेका थिए। नागरिक दैनिक
 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com