अमेरिकाको अलाबामामा भयानक आँधीका कारण कम्तीमा १४ को मृत्यु
प्रकाशित मिति : फाल्गुन २०, २०७५ सोमबार
अमेरिकाको अलाबामामा आइतवारको भयानक आँधीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । आँधीले अस्थायी घरहरु भत्काएको छ भने ठाउँठाउँमा रुखहरु ढालेको छ । विनाशकारी मौषम जर्जिया, फ्लोरिडा र साउथ क्यारोलिनातिर फैलिएको मौषमविदहरुले जनाएका छन् ।

अलाबामाको लिओ काउन्टीमा दजनौं आपतकालिन उद्दारकर्ताहरुलाई बोलाइएको थियो । आँधीको विनाशका कारण कैयन मान्छेहरु घाइते समेत भएका छन् । लि काउन्टीमामात्र डेढसयजना उद्दारहकर्ताहरु परिचालन गरिएको थियो ।

मोन्टेगोमेरीबाट ६० माइल पूर्वमा कैयन घरहरु विनाश भएका छन् । घटनाका थप विवरणहरु आउन बाँकी छन् । अहिलेसम्म पनि मान्छेहरुलाई भग्नावशेषबाट निकाल्ने क्रम जारी रहेको जनाइएको छ ।
More storm damage… about to totally dark, I still hear helicopters and emergency sirens. #tornado in Bearegard pic.twitter.com/nWm1bRNeHW
— Scott Fillmer (@scottfillmer) March 3, 2019






