पानीजहाज कार्यालयको उद्घाटन विहिबार हुदैँ , २ बर्षभित्र नेपालमा पानीजहाज चल्ने


प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार

सरकारले पानी जहाज चलाउन कार्यालय स्थापना गर्ने भएको छ। विहिवार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पानी जहाज कार्यालय’ को उद्घाटन गर्दैछन्।पानीजहाजको कार्यालय एकान्तकुनामा हुने भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिए । गत माघ ३ गते बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले पानी जहाज कार्यालय खोल्ने निर्णय गरेको थियो । त्यसको करिव चार सातापछि कार्यालय स्थापना गर्न लागिएको हो । मन्त्रीपरिषदको बैठकले कर्मचारी दरबन्दी समेत स्वीकृत गरेको छ ।उपसचिवको नेतृत्वमा १६ जना कर्मचारी रहनेछन् । कार्यालय प्रमुखलाई रजिष्टारको पद दिईएको छ । कार्यालय फष्ट क्लासको मेकानिकल इन्जिनियरले नेतृत्व गर्ने सचिव अधिकारीले जानकारी दिए ।

अर्को महिना भारतीय टोली नेपाल आउँदै

पानीजहाज संचालनका विषयमा द्धिपक्षीय छलफल गर्न मार्चमा भारतीय टोली आउने भएको छ ।भारतीय सामुन्द्रीक बन्दरगाहदेखि नेपाली बोर्डरसम्म पानी जहाज संचालन गर्ने विषयमा छलफल गर्न प्राविधिक सहितको टोली नेपाल आउन लागेको हो । जल तथा उर्जा आयोगका सहसचिव माधव बेल्वासेका अनुसार भारतीय पक्षसंग मार्च ३ देखि ३ तारिखसम्म छलफल हुनेछ ।अहिले भारतले नेपाली सीमासम्म पानी जहाज संचालन गर्नका लागि विस्तृत अध्ययन प्रतिवेदन फाइनल गरिरहेका छन् । भारतीय इनल्याण्ड वाटर सर्भिस नामक कम्पनीले डिपिआर तयार पारिरहेको छ। मार्चमा हुने छलफलमा सोही डिपिआर माथि छलफल हुनेछ।

सरकारले जेठमा सहसचिव बेल्वासेको नेतृत्वमा ५ सदस्यीय अध्ययन कमिटी बनाएको थियो। यो कमिटीले भारततर्फ बगेका नारायणी र कोशीमा पानी जहाज संचालन गर्न सकिने प्रतिवेदन दिएको थियो । प्रतिवेदन अनुसार नारायणी नदीमा दुई सय ७५ किमी र कोशीमा दुई सय चालिस किमी पानी जहाज चलाए समुन्द्र भेटिन्छ । नेपालबाट भारतको गंगा नदी हुँदै बंगलादेश लगायतका देशसम्म पुग्न सकिन्छ । भारतीय पक्षसँगको सहकार्यमा गरिएको अध्ययनले ५ टन वोक्न सक्ने क्षमताका पानी जहाज संचालन गर्न सकिने देखाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कहिले चल्छ पानीजहाज ?
भौतिक पुर्वाधार मन्त्रालयका अनुसार कार्यालय स्थापना भएपछि पानीजहाज संचालन गर्ने औपचारिक कार्यको थालनी हुनेछ । तर पानीजहाज संचालन गर्नका लागि आवश्यक धेरै कामहरु बाँकी रहेका छन् ।कार्यालय स्थापना भएको १५ दिनभित्र पानी जहाज कम्पनी दर्ताका लागि सूचना निकालिने योजना बनाइएको छ । कार्यालयका लागि रजिष्टार नियुक्त गर्नका गर्न बाँकी छ। त्यसै गरि नेपाल भारत पारवहानसन्धीमा नेपालको राष्ट्रिय झण्डा वोकेको पानी जहाज संचालन र ढुवानी सेवा अनुकुल हुने गरि जल यातायात परिवहन सम्वन्धी सम्झौता गर्नुपर्छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले यसको जिम्मा वाणिज्य मन्त्रालयलाई दिएको छ ।

गत साता नेपाल भारत वाणिज्य सन्धी पुनवरालोकन गर्न पोखरामा बसेको बैठकमा वाणिज्य सन्धिमा इनल्याण्ड वाटरवेज अर्थात जलमार्ग दिनका लागि सैद्धान्तिक सहमती भएको छ । जलमार्गलाई ट्रान्जिट ट्रिटीमा राख्ने र ट्रडे रुट डिफाइन गरेर जलमार्ग प्रयोग गर्न दिने विषयमा भारत सहमत भएको छ । जल यातायात परिवहन सम्झौता कहिले गर्ने भन्ने एकिन भैसकेको छैन । त्यस्तै पानी जहाज दर्ता नियमावली २०२८ लाई संशोधन गरेर समायनुकुल बनाउन आवश्यक छ । संशोधन गर्न लागिएको सचिव अधिकारीले जानकारी दिए ।

पानी जहाज संचालन गर्नका लागि अझै दुई बर्ष लाग्ने देखिएको छ । २०७७ सम्ममा पानी जहाज संचालनगर्न सकिनेमा भौतिक पुर्वाधार मन्त्रालय पुगेको छ । मन्त्रालयले अहिले पानी जहाज कार्यालय स्थापना गर्ने त्यसपछि कार्यदल बनाउदै थप अध्ययन गरेर नेपाल जलयातायात प्राधिकरण बनाएर पानी जहाज संचालन गर्ने योजना बनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com