संविधान संशोधन विधेयकविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने फैसला गरेको छ । सर्वोच्च अदालतको फैसलासंगै संविधान संशोधनका लागि सरकारलाई बाटो खुलेको छ । विपक्षी एमालेले सरकारले अदालतको अवहेलना गरेको भन्दै संसदमा अवरोध गर्दै आएको थियो ।
सर्वोच्चले आफ्नो आदेशमा लामो व्याख्या गर्दै धारा २७४ को पृष्ठभूमि समेत उल्लेख गरेको छ । आगामी दिनमा संविधान विपरित संशोधन भए बदर गर्ने सकिने समेत संकेत गरेको छ ।
सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो । रिटमाथिै सुनुवाई गर्दै न्यायाधीश जगदीशप्रसाद शर्माको एकल इजलासले कुन प्रयोजनका लागि संविधान संशोधन प्रस्ताव दर्तौ गरेको हो भन्दै सरकारसंग जवाफ मागेको थियो । आईतवारबाट प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाशीध ईश्वरप्रसाद खतिवडाको इजलासमा सुरु भई सोमवार सकिएको हो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।