सर्वोच्चले भन्यो : संविधान संशोधन हुनसक्छ


प्रकाशित मिति : पुस १८, २०७३ सोमबार

संविधान संशोधन विधेयकविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने फैसला गरेको छ ।  सर्वोच्च अदालतको फैसलासंगै संविधान संशोधनका लागि सरकारलाई बाटो खुलेको छ । विपक्षी एमालेले सरकारले अदालतको अवहेलना गरेको भन्दै संसदमा अवरोध गर्दै आएको थियो ।

सर्वोच्चले आफ्नो आदेशमा लामो व्याख्या गर्दै धारा २७४ को पृष्ठभूमि समेत उल्लेख गरेको छ । आगामी दिनमा  संविधान विपरित संशोधन भए बदर गर्ने सकिने समेत संकेत गरेको छ ।

सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट परेको थियो ।  रिटमाथिै सुनुवाई गर्दै न्यायाधीश जगदीशप्रसाद शर्माको एकल इजलासले कुन प्रयोजनका लागि संविधान संशोधन प्रस्ताव दर्तौ गरेको हो भन्दै सरकारसंग जवाफ मागेको थियो ।  आईतवारबाट प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाशीध ईश्वरप्रसाद खतिवडाको इजलासमा सुरु भई  सोमवार सकिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com