जापानमा नेपाली कामदार म्यानपावरमार्फत नै पठाइने


प्रकाशित मिति : माघ २७, २०७५ आईतबार

वैदेशिक रोजगारीका लागि नेपाली कामदार म्यानपावर कम्पनीमार्फत नै जापान पठाउनेबारे छलफल भइरहेको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । नेपाली कामदार म्यानपावरमार्फत नै पठाइनेबारे केही महिना भित्र नै टुंगो लाग्ने संघले जानकारी दिएको हो।

संघका अध्यक्ष रोहन गुरुङले वैदेशिक रोजगारीमा नेपाली कामदार म्यानपावर कम्पनीमार्फत नै पठाउने विषयमा केही महिनामा नै अन्तिम टुंगोमा पुग्ने भन्दै विज्ञिप्त जारी गरेका थिए।

त्यस्तै जापान रोजगारीमा कामदार भिसामा नयाँ प्रकृयामार्फत रोजगारी नखुलेकाले हल्लाको पछि लागेर वा कसैको झुठो आश्वासनमा परेर आर्थिक कारोबार नगर्न समेत अध्यक्ष गुरुङले अनुरोध गरेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने वैदेशिक रोजगारीका लागि शून्य लागतमा नेपाली कामदार जापान पठाउने बारे छलफल भइरहेको जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कामदार म्यानपावर कम्पनीमार्फत वा सरकारमार्फत कुन सञ्जालबाट पठाउने विषयमा कुनै पनि टुंगो नलागेको मन्त्रालयले जनाएको छ। जोखिमपूर्ण कामका लागि पनि निकै ठूलो संख्यामा खाडी लगायतका मुलुकमा जाने गरेका नेपाली कामदारलाई सहज तरिकाबाट जापान रोजगारमा पठाउन सरकारले पहल गरिरहेको छ।

यसअघि जापान सरकारले नेपाली श्रमिक कामदारका रुपमा लैजानका लागि पटक पटक नेपाल सरकारसँग आग्रह गर्दै आएपनि नेपाल सरकारले खासै चासो देखाएको थिएन।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपाली श्रमिक सुरक्षित, मर्यादित र व्यबस्थित तवरबाट निमार्णका काममा मात्र नभएर व्यवसायिक काममा समेत पठाउन पहल गरिरहेको बताएका छन्।

शून्य लागतमा नेपाली श्रमिकलाई अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको मापदण्ड अनुसार नै पठाउन निरन्तर लागिपरिरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। रोजगारीको निकै आकर्षक गन्तव्यका रुपमा रहनसक्ने जापानमा नेपाली श्रमिक पठाउनेबारे गम्भीर रुपमा छलफल चलिरहेको मन्त्रालय स्रोतले जनाएको छ ।

यस विषयमा गत माघ ३ गते जापान र नेपाल सरकारबीच औपचारीक छलफल समेत भएको थियो। दुई देशबीच छलफलको निश्कर्ष पछि नेपाली श्रमिक जापान रोजगारीमा पठाउन जापानसँग श्रम सम्झौता गर्ने तयारी भइरहेको मन्त्रालयले जानकारी दिएको छ। आगामी अप्रीलसम्म कामदार भर्नाको काम सुरु हुने गरी मन्त्रालयले गोप्य तयारी गरीरहेको जानकारी दिएको छ । यसअघि जापान रोजगारीका विषयमा दुई देशका उच्च अधिकारी बीच भएको छलफल पछि रोजगारी खुलिसक्यो भन्ने भ्रमात्मक हल्ला समेत फैलिएको थियो।

विभिन्न म्यानपावर कम्पनी तथा कन्सलटेन्सीहरुले जापानमा रोजगारी खुलिसकेको भन्दै विज्ञापन समेत अनलाइन तथा पत्रपत्रिकामा दिन थालेपछि श्रमिक ठगिने जोखिम भएको भन्दै वैदेशिक रोजगार विभागले विज्ञप्ति जारी गरी जापानमा कामदार भिसामा तत्काल नखुलेको र हल्लाको पछि लागि नठगिन सबै श्रमिकलाई सचेत समेत गरेको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com