१३ वर्षको उमेरमै जब रीताले श्रीमान् गुमाइन्…


प्रकाशित मिति : माघ २५, २०७५ शुक्रबार

गतवर्ष असोज महिनामा रीता गजमेरको मोबाइलमा अपरिचितको फोन आयो । फोन उठाइन्, बोलिन् । नचिनेको मान्छे भएर रङ नम्बर भनेर फोन काटिन् । त्यसपछि त्यहि नम्बरबाट दैनिक फोन आउन थाल्यो । शुरुशुरुमामा धेरै कुराकानी नभए पनि पछि फोनमै चिजान भयो । उनलाई फोन गर्ने सुनिल विक रहेछन् । रीता र सुनिलबीच कुराकानीको क्रम लम्बिन थाल्यो । रीताले सुनिलसँग कुरा गर्ने क्रम बढाइन् ।

कुराकानी हुदैँ गर्दा उनीहरु बिवाह गर्नेसम्मको स्थिीतिमा पुगे । र बैशाख १३ गते बिवाह गरे । बिवाह गर्दा सुनिल १७ वर्षक थिए भने रीता जम्मा १३ वर्षकी । उनीहरुले भागेर विबाह गरे । बिवाह गरेको तीनदिनसम्म त रीताकी आमालाएै छोरीको बिवाह भएको कुरा थाहा नै थिएन । उमेर सानो भएपछि बिवाहपछि रीताको जिम्मेवारी बढ्न थाल्यो । उनले सकिनसकि त्यो जिम्मेवारी पुरा गरिरहेकी थिइन् ।

गत असोज ३ गते रीता र सुनिल बारीमा घाँस काट्न गएका थिए । रीतालाई बारीमै छोडेर सुनिल घर फर्किए । श्रीमानत नआएपछि रीताले घाँसको भारी पु¥याएर घर फर्किइन् । घरमा भित्रबाट चुकुल लगाइएको थियो । बाहिरबाट बोलाउँदा श्रीमानको आवाज नआएपछि उनी आत्तिइन् । झ्यालबाट कोठामा चिहाउँदा उनी छाँगाबाट खसेझैँ भइन् । त्यहाँ रीताका पति सुनिलले आत्महत्या गरिसकेका रैछन् ।

श्रीमानको मृत्युपछि रीता अहिले एकल जीवन बिताइरहेकी छन् । समाजमा पनि उनलाई ‘अलच्छिनी’ भन्दै घृणा गर्न थाले । रीता र सुनिलको बिवाह दर्ता भने भएको छैन । कानुनअनुसार उनीहरुको बिवाहक भएको देखिदैँन तर सामाजिक रुपमा भने भइसकेको छ । रीता १३ वर्षमानै एकल महिला बनेकी छन् । पतिको मृत्युपछि रीता माइत फर्केर ८ कक्षाको पढाई पुनः शुरु गरेकी छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com