अष्ट्रेलियामा दश वर्ष यताकै सबैभन्दा बढी गर्मी : बिजुली कट्यो, एक सय ट्राफिक लाइट बन्द
प्रकाशित मिति : माघ ११, २०७५ शुक्रबार
अष्ट्रेलियाको भिक्टोरियामा एक सय ट्राफिक लाइट बन्द भएका छन् । मेलबर्न र जिलोंगका ट्राफिक लाइट बन्द भएपछि सडक नियम नियम अनुसार गाडी चलाउन भिक्टोरियाका सडक विभाग प्रवक्ताले सबैलाई अनुरोध गरेका छन् ।
अहिले भने केही ट्राफिक लाइटहरु सुचारु भइसकेका छन् । तापक्रम ४६ डिग्री भन्दा माथी पुगेपछि बिजुलीमा समस्या आएको हो । अहिले तापक्रम केही घटेको छ ।
बिहिबार राती भिक्टोरियामा बिजुली काटेको थियो । इमर्जेन्सी म्यानेजमेन्ट भिक्टोरियाका प्रवक्ताले बिजुली कट्नुको कारण बारेमा अनुसन्धान भएको बताएका छन् । उनले अनावश्यक रुपमा बिजुली खपत नगर्न तथा घरमा प्रयोग हुने बिजुलीबाट चल्ने सामान कम प्रयोग गर्न सबैलाई अनुरोध समेत गरेका छन् ।
हाल भिक्टोरियामा आएको यो बिजुलीको समस्या कम गर्नको लागि साउथ अष्ट्रेलियाबाट पावर ल्याइएको छ ।





