काठमाण्डौको गोंगबुमा गाेली चल्याे !


प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार

 

काठमाण्डौको गोंगबुमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् ।  हतियार कारोबारी भएको आशंकामा पक्राउ गर्न गएको प्रहरीमाथि नै आक्रमण हुन थालेपछि प्रहरीले गोली प्रहार गरेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

हतियार बोकेको भन्ने विशेष सूचनाको आधारमा  गोंगबुको लक प्रालि गेष्ट हाउसकाे १०४ नम्बर काेठामा बसेका काभ्रे घर भएका अभिलाश तामाङलाई पक्राउ गर्न जाँदा गोली चलेको हो ।  प्रहरीले चलाएको गोली तामाङको खुट्टामा लागेको छ ।

तामाङको साथबाट एकथान चाइनीज पेस्तोल र ६ राउण्ड गाेली बरामद भएकाे महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशाेक सिंहले जानकारी दिए । उनलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com