काठमाण्डौको गोंगबुमा गाेली चल्याे !
प्रकाशित मिति : माघ ८, २०७५ मंगलबार
काठमाण्डौको गोंगबुमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् । हतियार कारोबारी भएको आशंकामा पक्राउ गर्न गएको प्रहरीमाथि नै आक्रमण हुन थालेपछि प्रहरीले गोली प्रहार गरेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
हतियार बोकेको भन्ने विशेष सूचनाको आधारमा गोंगबुको लक प्रालि गेष्ट हाउसकाे १०४ नम्बर काेठामा बसेका काभ्रे घर भएका अभिलाश तामाङलाई पक्राउ गर्न जाँदा गोली चलेको हो । प्रहरीले चलाएको गोली तामाङको खुट्टामा लागेको छ ।
तामाङको साथबाट एकथान चाइनीज पेस्तोल र ६ राउण्ड गाेली बरामद भएकाे महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी अशाेक सिंहले जानकारी दिए । उनलाई उपचारका लागि शिक्षण अस्पताल लगिएको छ ।






