फरबरी भिसा बुलेटिन : के हुँदैछ एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड फाइल गर्ने नेपालीको


प्रकाशित मिति : पुस २७, २०७५ शुक्रबार

अमेरिकी सरकारको विदेशमन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले फरबरी महिनाका लागि जारी गरेको भिसा बुलेटिनमा एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड फाइल गर्ने नेपालीहरुका लागि अपडेट प्रदान गरिएको छ । फरबरी महिनामा एक्स्ट्राअर्डिनरी आवेदन आईवान ४० स्वीकृत भइसकेका र १ डिसेम्बर २०१७ भन्दा अगाडि प्राथमिकता मिति भएकाहरुलेमात्र ग्रिनकार्ड प्राप्त गर्नेछन् ।

त्यस्तै फरबरी महिनामा एक्स्ट्राअर्डिनरी आवेदन आईवान ४० स्वीकृत भइसकेका तर १ जुन २०१८ भन्दा अगाडि प्राथमिकता मिति भएका नेपालीहरुलेमात्र ग्रिनकार्डका लागि आवेदन दिन सक्नेछन् । अहिलेकै अवस्था कायम रहेमा उनीहरुले ग्रिनकार्ड प्राप्त गर्नका लागि १४ महिनासम्मको अवधि लाग्नेछ ।

एक्स्ट्राअर्डिनरी आवेदन आईवान ४० फाइल गरेकाहरुको सन्दर्भमा उनीहरुको आवेदन स्वीकृत भएको खण्डमा स्वीकृत पत्रसँगै प्राथमिकता मिति उल्लेख गरिएको छ । उक्त प्राथमिकता मिति अनुशार भिसा बुलेटिन हेरेर आवेदन स्वीकृत हुनेहरुले ग्रिनकार्डको आवेदन फाइल गर्नुपर्छ ।

विगतमा एक्स्ट्राअर्डिनरी ग्रिनकार्डका लागि आवेदन दिन नेपालीहरुले आईवान ४० र ग्रिनकार्ड आवेदन आई ४८५ एकैपटक फाइल गर्न पाउँथे । तर अहिले भने आईवान ४० स्वीकृत भइसकेपछि ग्रिनकार्ड आवेदन आई ४८५ आवेदन दिनका लागि प्राथमिकता मिति करेन्ट हुँदासम्म कुर्नुपर्ने बाध्यता आएको छ ।

यो बाध्यताका कारण भिजिटर भिसामा आएर एक्स्ट्राअर्डिनरी आवेदन फाइल गर्ने नेपालीहरुले पनि स्वेदश फर्केर कन्सुलर प्रकृयामार्फत भिसा लिएर आउनुपर्ने अवस्था सृजना भएको छ । कन्सुलर प्रकृयामार्फत भिसा लिएर आउने क्रममा काठमाडौंमा रहेको अमेरिकी दूतावासले छानविन प्रकृया तीब्र पारेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com