‘बिर बिक्रम २’ मा ‘पिरतीको मिठो तिर्सना’


प्रकाशित मिति : पुस १९, २०७५ बिहीबार

फिल्म ‘विर विक्रम २’ मा समावेश पिरतीको मिठो तिर्सना गीतको भिडियो सार्वजनिक भएको छ । रञ्जित गज्मेरद्वारा संगीतवद्ध फिल्म देउताको सुपरहिट गीतलाई बिर बिक्रम २ मा रिमेक गरिएको हो । नायिका पल शाह, नायिका बर्षा सिवाकोटी र नायिका नाजिर हुसेन प्रस्तुत गीतको भिडियो हेर्नुस् :

‘बिर बिक्रम २’ को यस रिमेक गीतमा तारा प्रकाश लिम्बु र मेलिना राईले स्वार दिएका छन् । शब्द कुसुम गज्मेर र तुलसी घिमिरेको हो । मुस्तांगमा छायाँकन गरिएको ‘बिर बिक्रम २’ को यो भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । छायाँकन सुदीप बरालको छ ।

मिलन चाम्सले निर्देशन फिल्म बिर बिक्रम २ मा प्रदीप भारद्वाजको लेखन छ । अर्पण सापकोटा सह निर्माता रहेको फिल्मका निर्माता निर्देशक चाम्स स्वंम हुन् । ‘बिर बिक्रम २’ मा पल, बर्षा र नाजिर सँगै बुद्धि तामांग, देशभक्त खनाल लगायत कलाकारको अभिनय छ । फिल्मको प्रदर्शन मिति तोकिसकेको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com