आहा ! कति सुन्दर मुस्ताङ जिल्लाकै पहिलो कालोपत्रे सडक, जाने हैन त मुक्तिनाथ ? (भिडियो)


प्रकाशित मिति : २२ मंसिर २०७५, शनिबार

देशकै प्रमुख धार्मिक एवं पर्यटकीय गन्तव्य मुस्ताङको कागबेनीदेखि मुक्तिनाथ मन्दिरसम्मको सडक कालोपत्रे गरिएको छ। धुलाम्य अवस्थाको उकालो सडक अहिले चाैडा, ग्रेड मिलेको र कालोपत्रे भएपछि मुक्तिनाथ जान सहज भएको छ।कागबेनीदेखि मुक्तिनाथ मन्दिरतर्फ उकालो लाग्दा सवारी साधनले तान्न मुस्किल पर्थ्यो। ‘हाई अल्टिच्युड’ त्यसमाथि कच्ची सडकमा बढी ‘रेस’ लिनु पर्दा सवारी उकालो चढ्न हम्मे पर्थ्यो, तर अहिले त्यो कष्ट हटेको छ।हिमालपारिको जिल्ला मुस्ताङ जाँदा बेनी बजारदेखि उता जोमसोम हुँदै कागबेनीसम्म कच्ची सडक पार भएर पुग्नुपर्छ।

तर कागबेनी देखि मुक्तिनाथ मन्दिरको फेदसम्म १२ किलोमिटर सडक अहिले कालोपत्रे भएको हो।जिल्लामा सञ्चालित ग्रामीण पुनः निर्माण तथा पुनःस्थापना आयोजनाले दसैँअगाडि कालोपत्रे सम्पन्न गरेको हो। दुई वर्ष समय र २० करोडको लागतमा कालोपत्र गरिएको हो।मुस्ताङ जिल्लामै भएका सडकमध्ये यो नै एकमात्र कालोपत्रे भएको सडक खण्ड बनेको छ। पूरा जिल्लामा झण्डै २५० किमि सडक सञ्जाल छ। तर कुनै पनि सडक खण्ड कालोपत्रे भएको थिएन।जिल्ला समन्वय समिति एवं दातृ संस्था डोलिडारको खर्चमा मुस्ताङ सदरमुकाम जोमसोमसम्म यो कालोपत्रे सडक तन्काउने योजनामा काम भैरहेको छ।कालोपत्रे भएपछिको यो सुन्दर र भव्य दृश्य भिडियोमा हेर्नुहोस्ः भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com