ह्याप्पी बर्थडे ओबामा : यसरी दिनुहोस् ओबामालाई शुभकामना


प्रकाशित मिति : श्रावण २०, २०७३ बिहीबार

आज अगस्त ४ । अमेरिकी राष्ट्रपति बराक ओबामाको जन्मदिन । ओबामालाई जन्मदिनको अवशरमा शुभकामनाको ओइरो लागिरहेको छ । अमेरिकाका ४४ औं राष्ट्रपति बराक ओबामा ५५ बर्षमा प्रवेश गरेका हुन् । ह्वाइट हाउसमा ओबामाको यो अन्तिम बर्थडे हो ।

बराक हुसैन ओबामा अमेरिकाका प्रथम अश्वेत राष्ट्रपति हुन्। उनले २० जनवरी, २००९ का दिन राष्ट्रपति पदको शपथ ग्रहण गरेका हुन्। ओबामा इलिनॉय राज्यबाट  सेनेटर तथा २००८ मा अमेरिकाका राष्टपति पदका लागि डेमोक्रैटिक पार्टीका उम्मेद्वार थिए। ओबामा हार्वर्ड ल स्कूलबाट सन् १९९१ मा स्नातक बने, जहाँ उनी हार्वर्ड ल रिव्यूका पहिला अफ्रीकी अमरीकी अध्यक्ष पनि भए। १९९७ देखि २००४ इलिनॉय सेनेटमा तीन सेवाकाल पूरा गर्नु अघि ओबामाले सामुदायिक आयोजकको रूपमा काम गरे अनि नागरिक अधिकार अधिवक्ताका रूपमा प्रेक्टिस गरे्र १९९२ देखि २००४ सम्म उनले शिकागो कानून विश्वविद्यालयमा संवैधानिक कानूनको अध्यापन कार्य पनि गरे। सन् २००० मा अमेरिकी हाउस आफ रिप्रेसेंटेटिवमा सीट हासिल गर्न असफल भएपछि जनवरी २००३मा उनको नजर अमरीकी सेनेटतर्फ लाग्यो । मार्च २००४ मा प्राथमिक विजय प्राप्त गरे र नवम्बर २००३मा सेनेटका लागि निर्वाचित भए् ।

१०९ औं काग्रेसमा अल्पसंख्य डेमोक्रेट सदस्यका रूपमा उनले पारंपरिक हात(हतियारमाथि नियंत्रण तथा संघीय कोषको प्रयोगमा अधिक सार्वजनिक उत्तरदायित्वको समर्थन गर्दै विधेयक बनाउनमा सहयोग गरे। उनी पूर्वी युरोप, मध्य पूर्व र अफ्रीकाको राजकीय यात्रामा पनि गए्र ११० औं काग्रेसमा लबिंग तथा चुनावी धाँधली, मौसम परिवर्तन, नाभिकीय आतंकवाद तथा युद्धबाट फर्किएका अमेरीकी सैनिकहरुको कल्याण सम्वन्धित विधेयकनिर्माणमा उनले सहयोग गरे।

होनोलूलूमा जन्मेका ओबामा केन्याई मूलका अश्वेत बाबु र अमेरिकी मूलकी आमाका संतान हुन्। उनको अधिकांश प्रारंभिक जीवन अमेरिकाको हवाई राज्यमा बित्यो। ६ देखि १० वर्ष सम्मको उमेर उनले जकार्तामा आफ्नी आमा र इंडोनेशियाई सानोबाबु सँग बिताए्र बाल्यकालमा उनलाई बैरी नामले बोलाइन्थ्यो्र पछि होनोलूलू फर्केपछि आफ्नो मावल घरमा बस्न थाले्र १९९५ मा उनकी आमाको क्यान्सर रोगको कारणले मृत्यु भयो । ओबामाको विवाह १९९२ मा मिशेलसित भएको हो र जसबाट दुइ छोरीहरु मालिया र साशा भए । ओबामालाई बाल्यकालमा लालनपालन गर्ने हजुर आमाको पनि २ नोभेम्बर २००८ का दिन ८६ वर्षको उमेरमा निधन भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हार्वड ल स्कूलबाट सन १९९१ मा स्नातक गरेका ओबामाले दुइवटा लोकप्रिय पुस्तकहरु पनि लेखे्र उनको पहिलो पुस्तक ड्रीम्स फ्रॉम माई फादरः अ स्टोरी आफ रेस एंड इन्हेरिटेंसको प्रकाशन ल स्कूलबाट स्नातक बनेको केहि दिनपछि गरिएको थियो्र यस पुस्तकमा होनोलूलू र जकार्तामा बितेको उनको बाल्यजीवन, लस एंजलिस र न्यूयॉर्कमा बितेको कालेज जीवन तथा सन ८० को दशकमा शिकागो सहरमा सामुदायिक आयोजकको रूपमा उनको नौकरी गरेका दिनहरुका संस्मरण छन्। पुस्तकमा आधारित आडियो बुकलाई सन् २००६ मा प्रतिष्ठित ग्रैमी पुरस्कारले सम्मानित गरियो। उनको दोस्रो पुस्तक द ओडेसिटी आफ होप मध्यावधि चुनावको तीन साता अघि अक्तूबर २००६ मा प्रकाशित भयो्रछोटो अवधिमा नैं यो पुस्तक बेस्टसेलर सूचीमा सामेल भयो। शिकागो ट्रिब्यूनका अनुसार पुस्तकप्रचारको बेला मानिसहरुसित भेटघाटको प्रभावले पछि गएर ओबामालाई राष्ट्रपति पदको चुनावमा उत्रिने हौसला मिल्यो।

तपाई पनि बराक ओबामालाई जन्मदिनको शुभकामना दिन चाहुहुन्छ भने यहाँ क्लिक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com