नेपाल आइडलबाट आफु पनि रुदै अरुलाई पनि रुवाउदै बाहिरिए पवन गिरी


प्रकाशित मिति : १५ मंसिर २०७५, शनिबार

शंकरदेव कलेजमा बीबीएस अध्ययनरत दोलखाका पवन गिरी नेपाल आइडलबाट बाहिरिएका छन्। औपचारिक रूपमा संगीत सिक्ने अवसर नपाएका उनले भर्सटायल स्वरका कारण नेपाल आइडलमा सबैको मन जितेका थिए।

नेपाल आइडलबाट बाहिरिने प्रतियोगीको नाममा आफ्नो नाम सुनेपछि उनका आँसु थामिएनन्। उनले नेपाल आइडलले आफ्नो सांगीतिक तिर्खा मेट्न सहयोग गरेकोमा आभार व्यक्त गरे। साथै आउने दिनमा नेपाल आइडलले दिएको इज्जत, मान र सम्मान कायम राख्दै गीत, संगीतमा अघि बढ्ने वाचासमेत गरे।

उनी नेपाल आइडल सिजन १ मा पनि सहभागी थिए। पहिलो सिजनमा छनोट नभएपछि केही समय उनी निकै निराश भएका थिए। घर नजिकै चर्च थियो। उनको दिक्दारी हटाउन एकदिन एउटा साथीले उनलाई चर्चमा लगे। त्यहाँ संगीतका सबै साधन थियो, हरेक दिन संगीतको कार्यक्रम हुन्थ्यो।

उनी हरेक दिन त्यहाँ संगीतको तिर्खा मेट्न थाले। गीत गुनगुनाउन थाले। केही समयमा नै उनमा अब्बल गीत गाउन सक्ने क्षमता विकास भयो। यही कारण नेपाल आइडल सिजन—२ मा उनी सुरुदेखि नै राम्रो गाउने गायकको रूपमा दरिएका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com