नायिका रेखा थापा बालिका पढाउने अभियानमा


प्रकाशित मिति : १२ मंसिर २०७५, बुधबार

मुख्यमन्त्रीले सुरु गरेको ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानमा नायिका रेखा थापाले सघाउने भएकी छन् ।

नायिका थापाले प्रदेश २ को हरेक स्थानीय तहमा पुगेर अभियान सार्थक बनाउने घोषणा गरेकी हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नायिका थापाले हरेक जिल्लामा कम्तिमा १० बहादुर छोरी बनाउने उद्देश्य रहेको बताइन् ।

थापाले भनिन्, ‘एउटा दियोले अर्को दियो बाले जस्तै आफूले बनाएकी एउटा बहादुर छोरीले केयौं बहादुर छोरी बनाउने विश्वास छ ।’ उनले आफू मधेसमै जन्मेको नाताले पनि मधेससँग बढी लगाब रहेको बताउँदै मधेसका हरेक छोरी बहादुर हुनुपर्ने धारणा व्यक्त गरिन् ।

थापाले फिल्म बनाएर समाज रुपान्तरण गर्ने उद्देश्य रहेको तर मिथ्या सावित भएपछि स्थानीय स्तरमा गएर छोरीलाई आत्मनिर्भर बनाउने सोचका साथ अगाडी बढेको जानकारी गराइन् ।

उनले पर्दाको नायक भन्दा पनि ग्राउण्ड लेभलमा गएर छोरीलाई बहादुर बनाउने लक्ष्यका साथ अगाडी बढ्न खोजेको बताइन् । बालविवाह अन्त्य गर्न हरेक स्थानीय तहमा संकल्प सम्मेलन गर्ने थापाको घोषणा थियो ।

‘म छोरी भएर जन्मेकोमा गर्व गर्छु’, उनले भनिन्, ‘छोरी भएर जन्मिने सबैले गर्व गर्न सक्ने समाज निर्माण हुनुपर्छ ।’ उनले आफूले आत्मनिर्भरको स्वाद चाखे पनि अधिकांश महिला आत्मनिर्भर हुन नपाएकोमा दुःख व्यक्त पनि गरिन् ।

प्रदेश २ सरकारले ल्याएको कार्यक्रम ‘बेटी बचाऊ, बेटी पढाऊ’ खुलेर प्रशंसा गरेकी छन् । कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले समाजको मानसिकता परिर्वतन गराउन नसकेसम्म अभियानले सफलता नपाउने बताए ।

उनले नायिका थापाले अभियानलाई प्रभावकारी बनाउन खोजेकोमा प्रसंसा गरे । अभियानका क्रममा चाँडै हरेक जिल्लामा साइकल वितरण गर्ने पनि उनले बताए । प्रदेश प्रहरी भर्नामा ५० प्रतिशत महिला सहभागी गराउनु पनि ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानकै एउटा हिस्सा भएको दावी गरे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सरकारले चालु आर्थिक वर्षका लागि ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानका लागि २० करोड ९२ लाख रुपैयाँ विनियोजन गरेको छ । तर आर्थिक वर्षको चार महिना बितिसक्दा पनि रकम खर्च भएको छैन । मुख्यमन्त्री राउतले अभियान सफल बनाउन अब साइकल वितरण जस्ता कार्यक्रमहरु गर्ने प्रतिवद्धता जनाएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com