नेपालमा पहिलो पटक भित्रीयो मोटरसाइकलको राजा हार्ली डेभिडसन, मूल्य सुन्दा तपाई पर्नुहुनेछ दंग !
प्रकाशित मिति : मंसिर ९, २०७५ आईतबार
हलिउड र बलिउडका फिल्महरुमा देखिने गरेका हार्ली डेभिड्सन यतिबेला नेपालमा भित्रीएका छन् । हार्ली बाइक हेर्नकै लागि भएपनि युवाहरु हलिउड र बलिउड फिल्महरु हेर्ने गर्दथे ।
फिल्मको दृष्यमा देखेर भएपनि युवापुस्ताको मन मुटुमा बस्न सफल मोटरसाइकल हर्ली बाइक यतिबेला नेपालका विभिन्न स्थानहरुमा शो गरिदैँछ । फिल्ममा हिरोहरुले दौडाएको देख्दा नै दंग पर्ने युवाहरुले हार्ली बाइक भर्खरै भृकुटिमण्डपमा भएको अटो मेलामा राखिएको थियो । पहिलो पटक हार्ली बाइक हेर्न गएका थुप्रै नेपाली युवाहरु बाइक चढेर सेल्फी खिच्नमा व्यस्त थिए ।
हार्लीले मेलामा ८८३ र सुपर लो मोडल । दुवै बाइक ८८३ सिसिका हुन् । यी बाइकहरुको मूल्य झन्डै झन्डै उस्तै रहेका छ, ४५ लाखको हाराहारीमा लिन सकिन्छ । विश्वकै बाइक पारखीहरुकोपहिलो रोजाइमा रहेको बाइकमा विभिन्न क्षमताका इन्जिनहरु उपलब्ध रहेका छन् ।
यो बाइक धनाड्य बाइक मध्येको पहिलो हो । यसले १५वर्षको लिगेसी बोकेको छ । सन् १९०३ मा उत्पादन सुरु गरेको बाइक विश्वको १२७ भन्दा बढी बजारहरुमा विस्तार गरिएको आइएमई अटोमोटिभ्सका म्यानेजर विश्वास घिमिरेले बताएका छन् ।
काडमाडौको गैरीधारामा हार्लीको सोरुम निर्माण भइरहेको छ । हार्लीकै नयाँ ६ वटा मोडलहरु नेपालमा भित्रीएका छन् । आइरन ८८३, स्ट्रिट रड, १२०० कस्टम, स्ट्रिट ५००, र स्ट्रिट ७५० नेपाली बजारमा उपलब्ध हुनेछ ।
स्टिज्ञट ५०० र स्ट्रिट ७५० भारतबाट आयात गरिनेछ । यसको अन्य मोडलहरु अमेरिकाबाट ल्याइनेछ । नेपाली बजारमा २८ लाख ५० हजार देखि ७० लाखसम्ममा विक्री गरिनेछ ।
सबैभन्दा धेरैको रोजाइमा रहेको उक्त बाइक निकै आरामदायी र आकर्षक रहेको छ । यो बाइक धनाड्य वर्गका मानिसहरुले चढ्न सक्नेछन् । हार्ली बाइक नेपालमा ल्याउने पहिलो व्यक्ति पारश शाह हुन् । मेलामा राखिएको हार्ली आइरन ८३३ डिजाएनमा छ । यसको उचाइ ७६० मिलिमिटर रहेको छ ।
ह्विलेबेस १५ सय १५ मिलिमिटर छ भने बाइकमा १२.५ लिटरको इन्धन ट्याङ्की राखिएको छ भने एन्टिलक ब्रेकिङ सिस्टम,५ स्पिड ट्रान्समिसन सुविधा समेत रहेको छ ।
हार्लीकै अर्को मोडलमा १७ लिटरको ट्याङ्की छ भने एयर कुल्ड इन्जिन जडित छ । ७०५ मिटरको उचाइ रहेको बाइक सुपर लो चरा रङको आकारमा उपलब्ध छ । यसले नेपालको डुकाटीलले सुपर प्रिमियममा बाइक बिक्री गरिरहेको छ । हार्ली डेभिड्सनले डुकाटी, होन्डा सुजुकी लगायतका चर्चित ब्रान्डसँग प्रतिस्पर्धा गर्नेछ





