भक्तपुरमा ५० वर्षीया महिलाको पसलमा बोलाएर बलात्कार !


प्रकाशित मिति : ७ मंसिर २०७५, शुक्रबार

भक्तपुरको मध्यपुर थिमी नगरपालिका ६ बहाखाबजारस्थित एक जुत्ता पसलमा ५० वर्षीया महिला बलात्कृत भएकी छन्। महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बहाखाबजारमा स्थानीय ५५ वर्षीय कमल श्रेष्ठले आफ्नो जुत्ता पसलको भित्री कोठामा ती महिलामाथि जबरजस्ती करणी गरेका हुन्।

परिसरका अनुसार पसल रहेको घरमा डेरा गरी बस्ने ती महिलाले जुत्ता पसले श्रेष्ठले गएको असोज १६ गते राति ८ :३० बजे जबरजस्ती करणी गरेको प्रहरीमा जाहेरी दिएकी थिइन्। महिलाले करणी गरेको जाहेरी दिएकै दिन मंसिर ५ गते बुधबार प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएको भक्तपुर परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

उनले आरोपी श्रेष्ठलाई जिल्ला अदालत भक्तपुरबाट जबरजस्ती करणी मुद्दामा म्याद थप गरी महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणा राखिएको बताए। उनका अनुसार श्रेष्ठले पनि कोठा भाडामा लिएर जुत्ता पसल चलाउँदै आएका थिए। घरधनीबाट श्रेष्ठले उक्त घरमा डेरा गरी बस्ने सबैको घर बहाल उठाउने जिम्मा पाएका थिए।

जसअनुसार ती महिलासँग पनि श्रेष्ठले कोठाभाडा बुझ्दै आएको देखिएको भक्तपुर परिसरले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com