नेवा: नख: न्यूयोर्कको आयोजनामा नेपाली संस्कृति झल्काउँदै न्युयोर्कमा भब्य म्ह: पुजा (फोटो फिचर)


प्रकाशित मिति : कार्तिक २७, २०७५ मंगलबार

नेवा: नख: न्यूयोर्कद्वारा छैठौं सामुहिक म्ह: पुजा, नेपाल सम्वत ११३९ को क्यालेण्डर बिमोचन गरी भब्यताका साथ मनायो।

नेवा: नख: न्यूयोर्कले  बिशेष कार्यक्रमको साथ न्युर्योकस्थित शेर्पा किदुगको हलमा सामुहिक म्ह:पुजा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेवा: समुदायका सदस्यहरु र नेपाली समुदायका बिभिन्न सदस्य तथा प्रतिनिधीहरूका साथै विदेशी पाहुनाहरूको पनि उपस्थिति रहेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नख: द्वारा आयोजित म्ह:पुजामा संस्थाका महा-सचिव डा. नरेश मान शाक्य द्वारा सञ्चालित कार्यक्रममा अतिथी सत्कार र दर्तामा संस्थाका कोषाध्यक्ष दिपक कुमार प्रधान, सह-कोषाध्यक्ष सुजन श्रेष्ठ, द्वितिय उपाध्यक्ष बिमला श्रेष्ठ, सल्लाहाकार राज कुमार श्रेष्ठले गरेका थिए भने, प्रथम उपाध्यक्ष महेन्द्र बीर बज्राचार्यले पुजामा सहाभागी अतिथीहरू सबैलाई स्वागत गदै नेपाल सम्बत ११३९ (नयॉं बर्ष) को शुभकामना ब्यक्त गरेका थिए। संस्थापक अध्यक्ष बीरेन्द्र प्रधानले म्ह: पुजा र नेपाल सम्बतको महत्वको बारेमा जानकारी दिएका थिए ।

संस्थाका सल्लाहकार अजय मान छोचूंले पुजा मन्त्रविधिबाट बिधी पूर्बक म्ह:पुजा सम्पन्न गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि, नेपाल कन्सुलेटका महा बाणिज्यदुत पुष्प राज भट्टराईले नेपाल सम्वत ११३९ को नेपाल सम्वतको क्यालेन्डर विमोचन गरी नेपाल सम्वतको महत्व बारे प्रकाश पार्नु भै सबै नेपालीको स्वास्थ, सुख र उन्नतिको शुभकामना दिनुभएको थियो। यो नेपाल सम्वतको क्यालेन्डर नख: द्वारा अमेरिकामा तेस्रो पटक प्रकाशित गरिएको थियो।

न्यूयोर्क सिटीका मेयर बिल दे बलाजियोले नेवा: नख: न्युयोर्कलाई पठाईएको शुभ-कामना सन्देश नख: का महा-सचिव डा. नरेश मान शाक्यले पढेर सुनाएका थिए ।

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष विष्णुमान प्रधानले कार्यक्रममा सहभागी सम्पूर्ण अतिथीहरू, सहयोगीहरू, स्वयमसेवीहरू, नख:का सम्पूर्ण सदस्यहरू र क्यालेन्डरका बिज्ञापनदाताहरू सबै लाई हार्दिक धन्यवाद ज्ञापन सहित संसारभरी छरिएर रहेका सम्पूर्ण नेपालीहरूलाई नेपाल सम्बत ११३९ (नयॉं बर्ष) को शुभकामना ब्यक्त गरेका थिए ।

नख:का सचिब, गायिका संगिता मुखिया छोंचूले नेपाल भाषाको गीत गाएर सहभागीहरूलाई मनोरन्जन दिनु भएको थियो ।

महिला स्वयमसेवकहरू संस्थाका सचिव (स्वयमसेवक संयोजक) संगीता मुखिया छोचूं, सदस्य नम्रता प्रधान, श्रुती अमात्य, लघु शाक्य, अनिता बज्राचार्य, मैना बज्राचार्य, मधु श्रेष्ठ, कमला प्रधान, उजिला प्रधान, मोनालिसा बज्राचार्य, अबिना शाक्य श्रेष्ठ, स्वर्णिम अमात्य, श्रृजना अमात्य, सबिना शाक्यले सहभागीहरूलाई पुजा गरी सगुन वितरण गरेका थिए भने, पुरूष स्वयमसेवकहरू नख:का सदस्य कुमार भक्त श्रेष्ठ, महेन्द्र कुमार बज्राराचार्य, संजन प्रधान, मनिन्द्र कुमार बज्राचार्य, मृगेन्द्र कुमार बज्राचार्य, निकेश महर्जन, दिलीप श्रेष्ठ, अभिषेक प्रधानले सबैलाई नेपालमैं जस्तो गरी झ्व: भ्वय् (नेवा: भोज) खुवाएका थिए।

नेवा: नख: न्यूयोर्क, नेवारी परम्परा, चाड-पर्ब, कला र संस्कृतिको संरक्षण र प्रबर्दनकालागि २०११ मा न्युयोर्कमा स्थापना गरिएको संस्था हो । यो संस्थाले समुदायको हितका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com