‘रेल कुद्दैछ, सुरुङ मार्ग र बन्दरगाह तयार हुँदैछन, म त चारैतिर समृद्धि उर्लेको देख्छु’ प्रचण्ड


प्रकाशित मिति : कार्तिक १८, २०७५ आईतबार

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी र सरकारका कारण नेपालको भूपरिवेष्टित परिभाषा नै फेरिएको बताएका छन्। विगतमा ‘ल्याण्डलक्ड’ अझ ‘इन्डियालक्ड’ रहँदै आएकामा अहिले ‘ल्याण्डलिंक्ड’ बनिसकेको उनले बताए।
प्रदेश नं ५ को बुटवलमा आयोजित शुभकामना आदानप्रदान शभालाई सम्बोधन गर्दै दाहालले चिनिया बन्दरगाहमा नेपालको पहुँच, हवाई सेवा विस्तार, रेल सेवालगायत टेलिकम्युनिकेसन कनेक्टीभिटीले विकासको गति तीव्र हुन लागको बताए।

प्रदे नं ५ को बुटवलमा आयोजित शुभकामना आदानप्रदान शभालाई सम्बोधन गर्दै दाहालले चिनिया बन्दरगाहमा नेपालको पहुँच, हवाई सेवा विस्तार, रेल सेवालगायत टेलिकम्युनिकेसन कनेक्टीभिटीले विकासको गति तीव्र हुन लागको बताए।

‘हाम्रो (ओली, दाहाल) पनि जीवनको अन्तिम दशक हो की जस्तो लाग्छ, अवको जिवन विकासमा क्रान्तिकै लागि हो। नेकपाले एतिहासिक अवसर पाएको छ, त्यो अवसर र जनताको विश्वास कुनै पनि हालतमा गुम्न दिनु हुँदैन,’ उनले भने, ‘भारतबाट र चीनबाट रेल आउन थाले सिमरामा त आइ पुग्न लाग्यो । पुर्व–पश्चिम, पोखरामा रेल आउने सानो कुरा हो यो ? चारैतिर म देख्दै छु- हेर्दा हेर्दै रेल कुद्छ । बाटा राम्रा चिल्ला बन्दैछन्, सुरुङ मार्गहरु तयार हुँदैछन्। समृद्धि उर्लेर अाउँदैछ ।’

संविधानले तोकेको सिमाभित्रै मौलिकहक कार्यान्वयन लगायतका विभिन्न कानुन बनाएर मानव विकास तथा आर्थिक विकासका लागि आधार तयार गरिएको भन्दै तीनकै आधारमा विकास प्राप्त गरिने उनले बताए। सरकारका काम हरुको प्रचार भन्दा धेरै ‘विपक्षी (प्रतिक्रियावादी)को हल्ला’ धेरै भएको भन्दै दाहालले अबको पाँच वर्षमा नेपालमा आवश्यक सबैखाले न्युनतम पूर्वाधार बनिसक्ने र अर्को ५ वर्षमा एसियाली मापदण्डभन्दा माथि नै पुग्ने दाबी गरेकाे समाचार अाजकाे नागरिक दैनिकमा छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com