गुन्डा नाइके बस्नेतकी श्रीमती परिन प्रहरीको फन्दामा
प्रकाशित मिति : कार्तिक १८, २०७५ आईतबार
निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा गुन्डा नाइके समिरमान सिंह बस्नेकी श्रीमती माया शेरचन बस्नेत प्रक्राउ परेकी छन । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौं सानो भर्याङबाट आईतबार पक्राउ गरेको हो।
श्रीमती शेरचनले आफ्ना श्रीमानलाई आपराधिक गतिविधिमा सहयोग गर्ने गरेको खुलेपछि नियन्त्रणमा लिएको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिएका छन ।
तीन वटा गोली काण्डमा संलग्न रहेको आरोपमा पक्राउ परेकी मायालाई संगठित अपराध तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।