अर्थ मन्त्रालयद्धारा शौचालयमा पत्रिका भण्डार
प्रकाशित मिति : कार्तिक १७, २०७५ शनिबार
सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले शौचालयलाई पत्रपत्रिका भण्डार कक्ष बनाएको छ। मन्त्रालयले शौचालयमा राष्ट्रिय स्तरका पत्रपत्रिका भण्डार गरेको पाइएको हो। शौचालयको झ्यालमा कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्ट, कारोबार दैनिक लगायतका राष्ट्रिय पत्रपत्रिका भण्डार गरी राखेको छ।
सौचालयमा सौच गर्न जाने जोकोहीले पनि ती पत्रपत्रिका सहजै देख्न सक्छन्। सौचालयमा पत्रपत्रिकालाई भण्डार गरी मन्त्रालयले सञ्चार क्षेत्रको खिल्ली उडाएको छ। पत्रपत्रिकालाई शौचालयमा राख्नुको कारण भवन अभाव भएको मन्त्रालयको दावी छ।
स्टोरको जिम्मेवारी लिएका मन्त्रालयका खरिदार सुरेन्द्र चौधरीले एउटै भवनमा मन्त्रालय सञ्चालन गर्नुपर्ने बाध्यता रहेकाले ठाँउ अभावमा पत्रपत्रिकालाई शौचालयमा भण्डार गरिएको बताए। तर मन्त्रालयलाई आवश्यक पर्ने पत्रपत्रिकाको समाग्री कटिङ गरेर सुरक्षित राख्ने गरिएको चौधरीले बताए।





