प्रधानमन्त्रीको स्वास्थ्यावस्थाबारे अध्यक्ष प्रचण्डबाट जानकारी


प्रकाशित मिति : कार्तिक १६, २०७५ शुक्रबार

त्रिवि, चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा स्वास्थ्यलाभ गरिरहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज भेटी स्वास्थ्यावस्थाबारे जानकारी लिनुभएको छ ।

त्यस अवसरमा दुई अध्यक्षबीच मुलुकको समसामयिक अवस्थाका बारेमा पनि विचारविमर्श भएको नेता दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताउनुभयो । अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणका प्रतिवेदन राम्रो रहेको र स्वास्थ्य स्थिति सामान्य भएको जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका महासचिव विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेललगायत अस्पताल पुग्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com