भारतमा महिलाकाे हत्या अाराेपी सुदूरपश्चिमेली युवा पक्राउ


प्रकाशित मिति : कार्तिक १५, २०७५ बिहीबार

भारतको राजधानी दिल्लीमा भएको एक हत्याको अाराेपमा नेपाली नागरिक रामप्रसाद शर्मा पक्राउ परेका छन्।सुदूरपश्चिम नेपालको कैलाली जिल्ला निवासी ३८ वर्षीय रामप्रसाद शर्मालाई कालेबुङकी ३२ वर्षीया महिला लक्ष्मी छेत्रीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

दिल्लीको मेहराउली प्रहरीका अनुसार आरोपी शर्मालाई सोमवार राति वीरगञ्जबाट पक्राउ गरिएको हो। हत्याको घटनापछि शर्मा दिल्लीबाट भागेका थिए।हिजो शर्मालाई अदालतमा पेश गरियो। अदालतले आरोपीलाई एक दिनको न्यायिक हिरासतमा राख्ने आदेश सुनाएको छ। मेहराउली प्रहरीका अनुसार आरोपीले आफ्नो अपराध स्वीकारेका छन्। पैसाका मामिलामा शर्माले लक्ष्मीको हत्या गरेको प्रहरीको भनाइ छ। भोलि पुनः शर्मालाई अदालतमा उभ्याइनेछ।

हत्या भएकी लक्ष्मीका नजिकका आफन्तकाअनुसार रामप्रसाद शर्माले लक्ष्मीलाई दुईवर्ष अघि विवाह गरेका थिए। यो कुरालाई आरोपीले पनि स्वीकारेका छन्। आफूहरूले मन्दिरमा विवाह गरेको आरोपीले स्वीकारेको सूत्रको भनाइ छ।यद्यपि विवाह गरेदेखि नै लक्ष्मीसँग पैसा माग्दै आरोपी रामप्रसादले झगड़ा गर्थे। प्रहरीका अनुसार पैसाकै मामिला रामप्रसादले लक्ष्मीको हत्या गरेका हुन्।

उल्लेखनीय छ, कालेबुङको दलपचन्द निवासी लक्ष्मी छेत्रीलाई कार्तिक ८ मा दिल्ली मेहराउलीको 1 देशु रोडस्थित उनकै कोठामा मृत अवस्थामा पाइएको थियो।पोस्टमर्टममा लक्ष्मीको हत्या भएको खुलासा भएको थियो। लक्ष्मीको हत्या भएको खुलासा भएपछि दिल्ली प्रहरीको नर्थइष्ट सेलकी दार्जीलिङ प्रतिनिधि एवं समाजसेवी रेबिका राई र उनको टीमले प्रहरीका उच्चाधिकारीहरूसँग भेट गरी लक्ष्मीका हत्यारालाई चाँड़ो पक्राउ गरी कठोर सजाय दिने माग गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घरको आर्थिक अवस्था कमजोर रहेकोले काम गर्न भनी केही वर्षअघि लक्ष्मी दिल्ली गएकी थिइन्। त्यहीं उनको भेट रामप्रसाद शर्मासँग भएको बताइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com