किन आउँदैछन् १२ देशका श्रममन्त्री नेपालमा ?


प्रकाशित मिति : १५ कार्तिक २०७५, बिहिबार

 १२ देशका श्रममन्त्री नेपाल आउने भएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गर्ने लागेको संयुक्त बैठक (कोलम्बो प्रोसेस) मा सहभागी हुन उनीहरू आउन लागेका हुन्।

कात्तिक २९ र ३० गते हुने बैठकमा नेपाल, इन्डोनेसिया, भारत, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, भियतनाम, श्रीलंका, अफगानिस्तान, कम्बोडिया, थाइल्यान्ड र चीनका श्रममन्त्री र उच्च सरकारी अधिकृत सहभागी हुनेछन्।

मन्त्रालयका अनुसार कात्तिक २९ गते उच्च सरकारी अधिकृत र ३० गते मन्त्रीस्तरको बैठक हुनेछ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टका प्रेस संयोजक मदन खनालका अनुसार बैठकमा कामदारको करारपत्र एउटै ढाँचाको बनाउन प्रस्ताव गर्ने तयारी भएको छ ।

एउटै खालको करारपत्र बनाउनसके सबै देशका कामदारले समान तलब, सेवासुविधा पाउनेछन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com