बेनिशाले सार्वजनिक गरिन् नगरकोट जान प्रस्ताव गर्ने व्यक्तिको नाम ( भिडियो )
प्रकाशित मिति : कार्तिक १५, २०७५ बिहीबार
हलिवुडबाट सुरु भएको मीटु अभियान अहिले बलिवुड हुँदै नेपालमा समेत भित्रिएको छ । बलिवुडमा थुप्रै अभिनेत्रीहरुले आफू माथी यौन हिँसा भएका घटना सार्वजनिक गरिरहेको बेला एक अन्तर्वार्तामा नेपाली चलचित्र अभिनेत्री विनेशा हमालले पनि आफ्नो भोगाइ बताएकी थिइन् ।
बेनिशाका अनुसार, उनको करियरको सुरुको दिनमा एक बैंकको फोटोसुटका लागि उनी गएकी थिइन् । उनलाई फोटोसुटका लागि मिडियाका व्यक्तिले बोलाएका थिए । त्यसपछि फोटोसुट सकिएपछि पारिश्रमिकको कुरा गर्ने समय ती मिडियाका व्यक्तिले बैंकका सीइओले नगरकोट जाने प्रस्ताव राखेको बताए । वेनिशाले उक्त कुरा सुनेपछि ती व्यक्तिलाई झापड हानेर फोटोहरु पनि डिलिट गर्न भनेका थिए । वेनिशाको यो कुरा सार्वजनिक भएपछि केही व्यक्तिले यदि साँचो हो भने ती व्यक्तिहरुको नाम किन नभनेको भन्ने जस्ता प्रश्न गर्न थालेका छन्।
प्रशंसकले समेत नाम सार्वजनिक गर्न भनेपछि मिडिया हबमा पुगेर ती व्यक्तिको बारेमा बुझ्दा मिडिया हबका व्यक्ति हरि सुवेदी ती मिडियाका व्यक्ति भएको थाहा पाएको उनले बताएकी छिन् । त्यस्तै, हरि सुवेदीले केही मिडियामा त्यो बैंक सिटिजन बैंक भएको र त्यो प्रस्ताव गर्ने व्यक्ति बैंकको सीइओ नभई बैंककै अन्य व्यक्ति रहेको खुलाएको वेनिशाले बताएकी छिन् ।
https://youtu.be/NhB7n176Pew






