बेनिशाले सार्वजनिक गरिन् नगरकोट जान प्रस्ताव गर्ने व्यक्तिको नाम ( भिडियो )


प्रकाशित मिति : कार्तिक १५, २०७५ बिहीबार

हलिवुडबाट सुरु भएको मीटु अभियान अहिले बलिवुड हुँदै नेपालमा समेत भित्रिएको छ । बलिवुडमा थुप्रै अभिनेत्रीहरुले आफू माथी यौन हिँसा भएका घटना सार्वजनिक गरिरहेको बेला एक अन्तर्वार्तामा नेपाली चलचित्र अभिनेत्री विनेशा हमालले पनि आफ्नो भोगाइ बताएकी थिइन् ।

बेनिशाका अनुसार, उनको करियरको सुरुको दिनमा एक बैंकको फोटोसुटका लागि उनी गएकी थिइन् । उनलाई फोटोसुटका लागि मिडियाका व्यक्तिले बोलाएका थिए । त्यसपछि फोटोसुट सकिएपछि पारिश्रमिकको कुरा गर्ने समय ती मिडियाका व्यक्तिले बैंकका सीइओले नगरकोट जाने प्रस्ताव राखेको बताए । वेनिशाले उक्त कुरा सुनेपछि ती व्यक्तिलाई झापड हानेर फोटोहरु पनि डिलिट गर्न भनेका थिए । वेनिशाको यो कुरा सार्वजनिक भएपछि केही व्यक्तिले यदि साँचो हो भने ती व्यक्तिहरुको नाम किन नभनेको भन्ने जस्ता प्रश्न गर्न थालेका छन्।

प्रशंसकले समेत नाम सार्वजनिक गर्न भनेपछि  मिडिया हबमा पुगेर ती व्यक्तिको बारेमा बुझ्दा मिडिया हबका व्यक्ति हरि सुवेदी ती मिडियाका व्यक्ति भएको थाहा पाएको उनले बताएकी छिन् । त्यस्तै, हरि सुवेदीले केही मिडियामा त्यो बैंक सिटिजन बैंक भएको र त्यो प्रस्ताव गर्ने व्यक्ति बैंकको सीइओ नभई बैंककै अन्य व्यक्ति रहेको खुलाएको वेनिशाले बताएकी छिन् ।

https://youtu.be/NhB7n176Pew

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com