नेपालमा अहिलेसम्मकै सबै भन्दा ठूलो सभाहल बन्ने
प्रकाशित मिति : ९ कार्तिक २०७५, शुक्रबार
नेपालमा अहिलेसम्मकै सबै भन्दा ठुलो ५ हजार सिट क्षमताको अन्तर्राष्ट्रियस्तरको सभाहल बन्ने भएको छ । सरकारले भत्तपुरस्थित नागरिक उड्यन प्रशिक्षण तालिम केन्द्रको १ सय ८९ रोपनी जग्गामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गर्न लागिएको हो ।
चालु आर्थिक वर्षभित्रै पाँचहजार सिट क्षमताको सभाहल डिजाइन निर्माण सम्पन्न गर्ने सहरी विकास तथा भवन निर्माण विभागलाई निर्देशन दिइएको छ ।
विभागले यसअघि उक्त तालिम केन्द्रकै ८९ रोपनी जग्गामा अस्थाई सम्मेलन केन्द्र निर्माण गर्ने प्रस्ताव गरेको आजको नयाँ पत्रिका दैनिकम खबर छ ।





