१९ वर्षकी युवतीको मृत्युले शोकमा थियो परिवार
प्रकाशित मिति : कार्तिक ९, २०७५ शुक्रबार
इङल्याण्डको सेफ्टनमा १९ वर्षकी एक युवतीको मृत्युले पूरा परिवार शोकमा थियो । जब डाक्टरले उनको परिवारलाई मृत्युको कारण बताए तब पूरै परिवार स्तब्ध बने । १९ वर्षकी ब्युटीसियन जर्जियाले आफ्ना २२ वर्षका ब्वाइफ्रेण्डलाई बचाउन यस्तो काम गरिन् कि उनको दिमागको नशा फुट्यो र उनको मृत्यु भयो ।
जर्जिया र उनका ब्वाइफ्रेण्ड नोलान त्यो दिन राती अबेर पार्टीबाट फर्किरहेका थिए । यत्तिकैमा उनीहरुले सडकमा पुलिस चेकिङ देखे । जर्जियालाई आफ्ना ब्वाइफ्रेण्ड ड्रग्सको लतमा फसेको थाहा थियो । उनलाई यो पनि थाहा थियो कि नोलानले गाडीमा ड्रग्स राखेका छन् । त्यसैले उनले नोलानलाई पुलिसबाट बचाउन त्यहाँ राखिएको ड्रग्सलाई एउटा प्लाष्टिकको थैलामा पोको पारेर निलिन् ।
चेकिङमा केही नभेटिएपछि पुलिसले पनि उनीहरुलाई रोकेन । तर त्यसको केही समयपछि जर्जियाले जो ड्रग्स निलेकी थिइन् त्यसको प्लाष्टिक उनको पेटभित्रै फुट्यो । अचानक जर्जियालाई ड्रग्सले असर देखाउन थाल्यो र उनी बेहोस भइन् । नोलान उनलाई लिएर अस्पताल पुगे तर त्यतिबेलासम्म उनको शरीरमा कोकिन ठूलो परिमाणमा फैलिइसकेको थियो । ड्रग्सको ओभरडोजका कारण उनको दिमागको नशा फुट्यो र अस्पतालमै उनको मृत्यु भयो । जर्जियाको मृत्युपछि नोलानलाई लागुऔषध ओसारपसारको अभियोगमा पक्राउ गरिएको छ ।






