विवाह गरेको ११ दिनमै स्कुटर दुर्घटनामा परि नायिका रुपाको निधन,श्रीमान घाइते !
प्रकाशित मिति : कार्तिक ८, २०७५ बिहीबार
समाजिक अभियान्ता साथै मगर चलचित्र जगतकी अभिनेत्री रुपा थापा मगरको स्कुटर दुर्घटनामा परी निधन भएको छ ।
स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४, बिर्घामा रहेको माइती घरबाट बिहेको दुलान फर्काएर मालिका गाउँपालिका–१, नेटा गुल्मीमा रहेको घर फर्कने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै उहाँको श्रीमानले चलाएको लु ३७ प ३०९० नम्बरको स्कुटरलाई र विपरीत दिशाबाट आउदै गरेको लु १ च ७२५६ नम्बरको जिपले ठक्कर दिदॉं दुबै जना गम्भीर घाईते भएका थिए । घाइते रुपा थापा मगरको उपचारको क्रममा पाल्पामा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासमा निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उहाँका श्रीमान् २७ वर्षीय महेश पुन भने लुम्बिनी मेडिकल कलेज प्रभासमै उपचार भैरहेको र वहॉंको अवस्था भने गम्भीर रहेको अस्पतालले जनाएको छ ।

मृतक थापाले मगरले चलचित्र लर्फु (पछ्यौरी) मा नायिकाको रुपमा अभिनय गर्नुभएको थियो भने पाल्पाका विभिन्न एफ.एम रेडियोमा समेत प्रस्ताेतामा रुपमा काम गर्दै आउनु भएको थियो ।
वहॉंहरुको ११ दिनअघि मात्रै मागी बिहे सुसम्पन्न भएको थियो । विभिन्न संघ संस्थाना आबद्ध रहेकी एक समाजिक अभियान्ता रुपा थापा मगर मगर विद्यार्थी संघ पाल्पाकी पूर्व-अध्यक्षसमेत रहनुभएकी थिईन ।








