सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास खेल्ने,६० हजार डलर पारिश्रमिक
प्रकाशित मिति : कार्तिक ६, २०७५ मंगलबार
नेपालका युवा सनसनी बलर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्ने भएका छन् ।
उनलाई मेलबर्न स्टार्सले आउँदो सिजनका लागि लिएको हो।
सन्दीपले कीर्तिमानी रकममा बिग बास खेल्न लागेका हुन् । उनी बिग बास खेल्ने एसोसिएट राष्ट्रकै पहिलो क्रिकेटर हुनेछन् ।
१८ बर्षे लेग स्पिनर सन्दीप मेलबर्नबाट दुई सत्रमा खेल्नेछन् । उनी बिग बास खेल्न डिसेम्बर १० मा अष्ट्रेलिया आइपुग्नेछन् ।
सन्दीपको पारिश्रमिकबारे सबै टुंगो भने लागेको छैन । प्रतिम्याचका हिसाबमा वा प्रतियोगिताभरिका लागि पनि हुन सक्छ । सन्दीपका व्यवस्थापक एवं नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिस्ट रमन सिवाकोटीका अनुसार उनले कम्तीमा ६० हजार डलर पाउने छन् ।






