यी हुन् अष्ट्रेलियाको स्थायी भिसा पाउने ६ कामहरु,नर्स र मावि शिक्षकलाई पहिलो प्राथमिकता


प्रकाशित मिति : कार्तिक २, २०७५ शुक्रबार

अष्ट्रेलिया अप्रवासीहरुकालागि सबैभन्दा बढी अवसर प्रदान गर्ने मुलुकमा पर्दछ । हरेक वर्ष १ लाख ९० बजार अप्रवासीहरुले यहाँको स्थायी बसोबासको अनुमति पाउने गरेका छन् । त्यसमध्ये झण्डै ७० प्रतिशत स्थान दक्ष अप्रवासीहरुकालागि छुट्याइन्छ,जसले अष्ट्रेलियन अर्थतन्त्रको आवश्यकता पूरा गर्न सक्छन् । हरेक वर्ष अष्ट्रेलियामा माग र आवश्यकता बमोजिम १ लाख २८ हजार भन्दा बढी अप्रवासीहरुलाई स्थायी भिसा दिइदै आएको छ ।

यस वर्ष अष्ट्रेलिया सरकारले सार्वजनिक गरेको सूची अनुसार नर्स,इलेक्ट्रिसियन,मावि शिक्षक,गाडी मिस्त्री,मेटल फिट गर्ने र सिकर्मीहरुको सबैभन्दा बढी माग रहेको छ ।

आर्थिक वर्ष २०१८–१९ कालागि अष्ट्रेलिया सरकारले ४३ हजार ९९० जना रजिष्टर्ड नर्सहरुको आवश्यकता पर्ने प्रक्षेपण गरेको छ । जसमध्ये १७ हजार ३०० जना रजिष्टर्ड नर्सहरुकालागि आरक्षण सुरक्षित गरेको छ । अर्थात आरक्षण सुरक्षित गरेका नर्सहरुले कुनै राज्य,निकाय वा रोजगारदाताहरुको सिफारिस विना नै यहाँको स्थायी भिसा पाउन सक्छन् । सबक्लास १८९ अन्तर्गत पर्ने यस्तो भिसा पाएकाहरुले अष्ट्रेलियाको जुनसुकै स्थानमा बस्न र काम गर्न पाउछन् ।

अष्ट्रेलियाको स्थायी भिसा पाउने ६ कामहरु

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो वर्ष अष्ट्रेलियाकालागि १७ हजार ३२२ जना रजिष्टार्ड नर्सहरु आवश्यक पर्ने अद्यागमन विभागको योजना छ । तर सेप्टेम्वरसम्ममा गृह मामिला विभागले नगण्य संख्याका व्यक्तिहरुलाई मात्र यो भिसाकालागि आह्वान गरेको छ । यसको अर्थ हो यो वर्ष अप्रवासी रजिष्टार्ड नर्सहरुले अष्ट्रेलियाको स्थायी भिसा सजिलै प्राप्त गर्न सक्नेछन् । त्यसैगरी यो वर्षकालागि ९ हजार ३०३ इलेक्ट्रीसियन, ८ हजार ४८० मावि शिक्षक,८ हजार ३७२ जना सिकर्मीहरु,६ हजार ९७९ जना मेटल फिट गर्नेहरु र ६ हजार ९९ जना मोटर मिस्त्रीहरु आवश्यक पर्ने जनाएको छ ।

सेप्टेम्वरको अन्त्यसम्ममा यी पेशाहरुमा अत्यन्त थोरैले मात्र भिसा लिएका छन् । त्यसैले यहाँको गृह मामिला विभागले योग्य र उल्लेखित पेशामा दक्ष व्यक्तिहरुलाई भिसा आवेदन दिन अपिल गरेको छ । अष्ट्रेलियाका केही राज्य र क्षेत्रमा दक्ष जनशक्तिको चर्को अभाव रहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com