रुपन्देहीमा ९१ जनालाई गाउँ ब्लकको पूर्जा वितरण


प्रकाशित मिति : आश्विन २७, २०७५ शनिबार

४८ वर्षपछि रुपन्देहीको बुटवल उपमहानगरपालिका–१९ स्थित भुडकैयामा ४९ जनालाई जग्गाधनी प्रमाणपत्र आज वितरण भएको छ । बुटवल उपमहानगरपालिका र नापी कार्यालय भैरहवा रुपन्देहीले संयुक्त रूपमा उनीहरूलाई साविक मोतिपुर–२ (ख)को कित्ता नं १२३ गाँउ ब्लकको जग्गाधनी प्रमाणपत्र वितरण गरिएको हो ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिव सुवेदीले १०२ वर्षीया लक्ष्मीदेवी आर्चायलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्दै जग्गासम्बन्धी समस्या समाधान गर्ने दायित्व राज्यको भएको उल्लेख गर्दै सेवा प्रवाहमा समस्या आउँदा राज्य र नागरिकबीच दूरी वढ्न सक्ने शङ्का व्यक्त गर्नुभयो ।

नापी कार्यालय भैरहवाका प्रमुख नापी अधिकृत जनकबहादुर भण्डारीले प्रशासनिक झमेलाका कारण जग्गाको पूर्जा वितरणमा ढिलाइ भएको उल्लेख गर्दै १२० दिनपछि मात्रै जग्गाको नामसारी वा बेचविखन गर्न पाइने जानकारी दिनुभयो ।

स्थानीय समाजसेवी चन्द्रसिंह थापाले घर बनाएर बसे पनि अपनत्व नहुँदा घर र जग्गामा अधिकार नभएको तर प्रमाणपत्र वितरणपछि अधिकार आफूहरूमा आएको बताउनुभयो । उक्त क्षेत्रमा ३ बिघा १४ कठ्ठा जग्गाको प्रमाणपत्र वितरण भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विसं २०२७ मा नाप नक्सा हुँदा घना बस्ती भएकाले छुट भएको कित्तालाई एउटा ब्लकमा राखिएकाले त्यसलाई गाँउ ब्लक भनेको बताइएको छ । त्यस्तै ओमसतिया गाउँपालिकाको पडसरी र शुद्धोद्धन गाउँपालिकाको भुजौलीमा पनि गाउँ ब्लक जग्गाको प्रमाणपत्र वितरण भएको छ ।

पडसरी–५ को २८० नं कित्तामा १ बिघा १३ कठ्ठा २७ जनालाई र भुजौलीको ४४५ कित्ता नं ७ (ग) को १५ कठ्ठा १५ जनालाई वितरण भएको नापी कार्यालय, भैरहवाले जनाएको छ । यस्तै गङ्गोलियामामा २३७, २५९ कित्ता नं को गाउँ ब्लक जग्गा पनि वितरण हुँदैछ । यसअघि तिलोत्तमा नगरपालिकामा पनि ११२ जनालाई गाउँ ब्लकको प्रमाणपत्र वितरण गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com