विदेशबाट काठमाडौँ आएको विमानबाट काटुन फुस्काएर हेर्दा प्रहरी नै चकित


प्रकाशित मिति : आश्विन २६, २०७५ शुक्रबार

बीबीसी । चिम्पान्जी तस्करीबारे गत वर्ष सञ्चार माध्यमको अनुसन्धानबाट भएको खुलासाका आधारमा नेपाल प्रहरीले सो संरक्षित वन्यजन्तु तस्करी गर्ने एउटा प्रयास विफल पारिदिएको छ। उद्धार गर्दा बूढीऔँला चुसिरहेका थकित अनि भोका चिम्पान्जीका दुई बच्चा देखेपछि प्रहरीहरू नै स्तब्ध हुन पुगेका थिए।

नाइजिरियाको वनमा समातिएका ती वनमान्छेका बच्चालाई तस्करहरूले विमानमा लुकाएर हजारौँ किलोमिटर टाढा नेपाल ल्याइपुर्‍याएका थिए।नेपाल प्रहरीका अनुसन्धान प्रमुख अनुपम राणा भन्छन्, तिनीहरू साना बच्चाजस्तै थिए। लट्ठ्याउने औषधी दिएर सामान राख्ने बट्टामा लुकाइएका यी वन्यजन्तु ओसार्न छ देशमा सक्रिय वन्यजन्तु तस्करहरूको सञ्जाल सक्रिय भएको थियो।

चिम्पान्जी सङ्कटापन्न जीव भएपनि तिनलाई घरमा पाल्नका लागि तस्करी गर्ने गरिएको छ। एउटाको १२,५०० डलर ९झन्डै १४ लाख रुपैयाँ० मूल्य राखेर तिनलाई अवैध रूपमा बेच्न लागिएको थियो। विश्वभरी प्रत्येक वर्ष हुने अर्बौँ डलर बराबरका वन्यजन्तुको तस्करीबारे यसै साता लन्डनमा आयोजित वन्यजन्तुको अवैध व्यापारसम्बन्धी सम्मेलनमा छलफल हुँदैछ।

भयावह बनिरहेको चिम्पान्जी तस्करी भएको अनुसन्धान र खुलासाबारे समाचार हेरेका काठमाडौँका प्रहरी अधिकारीहरूले यी दुईको उद्धार गरेका हुन्। नेपाल प्रहरीको सुरक्षा कारबाहीपछि ९ जना तस्कर पक्राउ परेका छन्। यी चिम्पान्जीका बच्चालाई उत्तरी नाइजिरियामा सिकारीहरूले समातेर एक पाकिस्तानी व्यक्तिलाई बेचिएको आशङ्का गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com