घटस्थापना कुन समय र कसरी गर्ने ? यस वर्षको अति शुभ मुर्हूत यस्तो छ


प्रकाशित मिति : आश्विन २३, २०७५ मंगलबार

महान पर्व बडादशैंको उल्लास सुरु भइसकेको छ । यस वर्षको असोज २४ बाट नौरथा अर्थात नवरात्रि शुरु हुँदैछ । नौरथामा नौ दिनसम्म दूर्गा भवानीको पूजा उपासना गरिन्छ ।

हिन्दू धर्माबलम्बी भक्तजनहरुले यी नौ दिनमा आफ्नो घरमा घटस्थापना गरी अखण्ड ज्योति स्थापना गरेर नौ दिनको उपवास राख्छन् । यसपालि नवरात्रमा घटस्थापना एवं अखण्ड ज्योति प्रज्ज्वलनको शुभ मुहुर्त कहिले छ त ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

  • बिहान सवा ६ बजेदेखि सवा नौ बजेसम्म
  • बिहान पौने ११ देखि सवा १२ बजेसम्म
  • बेलुका पौने पाँचदेखि सवा ६ बजेसम्म

कलश स्थापना कसरी गर्ने ?
पूजास्थलमा माटोको वेदी बनाएर त्यसमा जौँ, गहुँ छर्नुहोस् । फेरि त्यसमा कलश राख्नुहोस् । त्यसमाथि दूर्गा भवानीको मूर्ति प्रतिष्ठा गर्नुहोस् । मूर्ति यदि माटो वा कागजको छ भने विचार पुर्याएर नबिग्रने गरी राख्नुहोस् वा कलशमा स्वस्तिकको चिह्न बनाएर दूर्गा भवानीको चित्र र शालीग्राम विराजमान गरेर भगवान विष्णुको पूजा गर्नुहोस् ।

दूर्गासम्पशतीको पाठ गर्नुहोस्
नवरात्रको आरम्भमा स्वस्तिक वाचन शान्तिपाठ गरेर संकल्प लिनुहोस् र प्रथम पुज्य भगवान श्रीगणेशको पूजा गरेर मातृका, लोकपाल, नवग्रह वा वरुणको विधिअनुसार पूजा गर्नुहोस् । उत्तर वा पूर्व दिशातिर फर्किएर पूजा गर्नुहोस् । यसपछि मुख्य मूर्तीको षोडशोपचार पूजा गर्नुहोस् । दुर्गा देवीको आराधना अनुष्ठानमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा मार्कण्डेय पुराण अन्र्तगत निहित श्री दुर्गा सप्तशतीको पाठ नौ दिनसम्म गर्नुहोस् ।

यी कुरामा विचार गर्नुहोस्
यस क्रममा सम्भव भएसम्म अखण्ड दीप बाल्नुहोस् । यदि बत्ति घिउमा बाल्नुभएको छ भने त्यसलाई दुर्गाको मूर्तिको दाँयातर्फ राख्नुहोस् र यदि बत्ती तेलको बाल्नुभएको छ भने त्यसलाई मूर्तिको बाँयातर्फ राख्नुहोस् । अरुको सहयोगका लागि आफुले पढिसकेपछि सेयर गर्न नभुल्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com